कियाको निरो बुकिङ गरेकालाई लकडाउन खुलेलगत्तै डेलिभरी

नेपालमा कियाको विद्युतीय गाडी निरो बुकिङ गरेका ग्राहकले लकडाउन खुलेलगत्तै एसयुभी चलाउन पाउने भएका छन् । 

नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले लकडाउन खुलेलगत्तै बुकिङ गरेका ग्राहकलाई गाडी हस्तान्तरण गर्ने तयारी गरेको छ । 


Advertisement

गाडीहरू कोरियाबाट नेपालका लागि चलान भइसकेको छ । लकडाउन खुल्दासम्म गाडी नेपाल आइसक्ने भएकाले कम्पनीले बुकिङ गरेका ग्राहकलाई गाडी नेपाल आइपुग्नेबित्तिकै हस्तान्तरण गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

एक पटकको फुल चार्जमा ४८० किलोमिटरसम्म गुड्ने एसयुभी नेपाली कार पारखीले निकै रुचाएर बुकिङ गरेका छन् । यसमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।


Advertisement

यसको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो एसयुभी स्टार्ट गरेको ८ सेकेन्डभित्रै १०० किलोमिटरको गतिमा कुद्न सक्छ ।

डिसी फास्ट चार्जरबाट पूरा चार्ज गर्न ८० मिनेट लाग्ने यो गाडी भित्रिएपछि नेपाली बजारमा सर्वाधिक माइलेज दिने विद्युतीय एसयुभीमा यही पर्नेछ । निरो सन् २०१९ को पहिलो त्रैमासबाट एसियाली बजारमा बिक्री शुरू गर्ने निर्माता कम्तीको योजना अनुरुप नेपाल आउन लागेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्