आगामी वर्ष पूर्ण खोपयुक्त नेपाल, ज्येष्ठ र  बालबालिकालाई मुटुको निःशुल्क उपचार

सरकारले आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त बनाउने भएको छ।

 संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त बनाउन आवश्यक बजेटको घोषणा गरिएको जानकारी दिए।  सबै स्वास्थ्य संस्थाबाट पोषणका कार्यक्रम पनि सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ। 


Advertisement

यसैगरी, ज्येष्ठ नागरिक तथा बालबालिकाको मुटुको निःशुल्क उपचार गर्न र क्षयरोग, एड्स तथा यौनरोग र कुष्ठरोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्न चार अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ। यसैगरी केन्द्रीय अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणको आपत्कालीन सेवा निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ। 

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको नेफ्रोलोजी तथा युरोलोजीलगायत जटिल रोगको अध्ययनअध्ययापन गर्नका लागि तथा तालीमसहितको विशिष्ट सेवा प्रदान गर्न मेडिकल सुपरस्टाबिलिटी केन्द्र स्थापना गरिने छ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्