पूर्वप्रम भट्टराईको चिन्ताः यो बजेटले समस्या हल होला ?

फाइल फोटो।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि सरकारद्वारा प्रस्तुत बजेट र चालू आवको बजेटमा खासै भिन्नता नरहेको टिप्पणी गरेका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका थिए।


Advertisement

यसपटकको बजेटमा स्वास्थ्य, श्रम र रोजगार, आर्थिक पुनरुत्थान, कृषि र शिक्षा क्षेत्र प्राथमिकतामा परेका छन्।

सदनमा बजेट प्रस्तुत भएपछि ट्वीट गर्दै जनता समाजवादी दलका नेता भट्टराईले भनेका छन्, ‘यो वर्षको बजेट सँगसँगै पोहोर सालको बजेट वक्तव्य पनि खोलेर हेर्नुहोला। बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुवहु उही छन्। बजेटको आकार मात्रै उस्तै हैन स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि,शिक्षा जस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तै उस्तै छ। 
यसले समस्या हल होला’


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्