चुरे संरक्षण कार्यक्रम पुनःसंरचना गरिने, १ अर्ब ५५ करोड बजेट

प्रतिकार्यात्मक तस्वीर।

सरकारले चुरे संरक्षणसम्बन्धी कार्यक्रमका लागि १ अर्ब ५५ करोड विनियोजन गरेको छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत गरेको बजेटमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको पुनःसंरचना गरी भू–क्षय नियन्त्रण, क्षतिग्रस्त भूमिको पुनःस्थापना, कृषि वन, वायो इञ्जियनीयरिङसहितको तटबन्ध निर्माण कार्यलाई तीव्रता दिइने उल्लेख छ।


Advertisement

चुरे क्षेत्रमा वर्षातको पानी उपयोग, जलपुनर्भरणसहित सिमसार व्यवस्थापन र अति जोखिमयुक्त बस्तीको पुनःव्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।   
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्