×

NMB BANK
NIC ASIA

चीनसँग युद्धका लागि तयार रहन भारतलाई अमेरिकी सुरक्षा विशेषज्ञले दिए चेतावनी

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विख्यात रणनीतिक तथा अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञ एश्ले जे टेलिसले भारत र चीनबीच लद्दाखमा आमनेसामनेको स्थिति सशस्त्र संघर्षमा परिणत हुने आशंका व्यक्त गरेका छन् । 

Muktinath Bank

उनले इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा भने, ‘भारतसँग सीमामा विभिन्न क्षेत्रमा भएका चिनियाँ काम स्थानीय स्तरमा गरिएको हैन भन्ने स्पष्ट छ । स्थानीय कमान्डरहरूले यसलाई भड्काएका हैनन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यी सैन्य कारवाहीहरू थिएटर (युद्धभूमि) स्तरमै स्वीकृति दिइएका हुन् र यसका लागि बेइजिङमा शीर्ष नेतृत्वको हरियो झण्डा देखाएकै हुनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘भारत र चीनबीच कुराकानी चलिरहेको छ । पहिलो कोशिश वार्ताकै हुनुपर्छ भन्नेमा म स्पष्ट छु । तर भारतले सैन्य रूपमा पनि सतर्क हुनुपर्छ । स्थितिको गम्भीरता बढ्ने पूर्वानुमान पनि भारतले गर्नुपर्छ र स्थिति गम्भीर हुँदा चीनको प्रतिष्ठा र स्वार्थमा यसले कत्तिको हानि गर्छ भन्ने विषयमा सोच्न चिनियाँहरूलाई बाध्य बनाउनुपर्छ ।’

Vianet communication
Laxmi Bank

लद्दाख क्षेत्रमा चिनियाँ सैनिकहरूको गतिविधि चीनले आफ्नो फाइदाका लागि यथास्थितिलाई बदल्ने प्रयास हो भनी टेलिसले बताए । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको भए पनि त्यसले काम नगर्ने टेलिसको भनाइ छ । 

उनले भने, ‘ट्रम्प जे भन्छन् र गर्छन् त्यसलाई बुझ्न गाह्रो छ । तर शान्तिदूत बन्ने सम्भावनाले उनलाई बारम्बार लोभ्याउँछ । म उनको मध्यस्थता प्रस्तावलाई गम्भीर रूपमा लिन्नँ । उनले आवेगमा प्रतिक्रिया दिएका हुन् जस्तो लाग्छ ।’

नयाँ दिल्ली र बेइजिङबीच कुराकानी भएमा विवाद समाधानमा सहायता पुग्ने टेलिसको भनाइ छ । उनले भने, ‘तर चीनलाई एकतर्फी रूपमा धरातलीय यथार्थ बदल्ने अनुमति दिन सकिँदैन किनकि विवादित क्षेत्रहरूमा सैनिक र सैन्य सामग्री बढाएर उसले फर्स्ट मुभमेन्टको फाइदा उठाइसकेको छ ।’

चीनलाई लद्दाख क्षेत्रमा जस्ताको त्यस्तै जवाफ फर्काउनु भारतको एक विकल्प भएको टेलिसको कथन छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x