×

NMB BANK
NIC ASIA

चीनका विषयमा डोनल्ड ट्रम्पले आज पत्रकार सम्मेलन गर्ने, ठूलो घोषणाको सम्भावना

जेठ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिका र चीनबीच चलेको तनावका क्रममा शुक्रवार निकै महत्त्वपूर्ण घोषणा हुने सम्भावना देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनका सम्बन्धमा विशेष पत्रकार सम्मेलन गरेर ठूलै घोषणा गर्ने संकेत दिएका छन् । बिहीवार उनले पत्रकार सम्मेलनको जानकारी दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरसका सम्बन्धमा, हङकङको सुरक्षाका विषयमा चीनले ल्याएको कानून, भारतसँग चीनको सीमा विवाद, चीनले उइगुर समुदायमाथि गरेको भनिएको दमनमध्ये कुनै विषयमा ट्रम्पले बोल्ने अपेक्षा छ । 


Advertisment
Nabil box
Kumari

भारत र चीनबीच चलिरहेको सीमा विवादमा मध्यस्थताको प्रस्ताव गरेका ट्रम्पले बेइजिङको हर्कतका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राम्रो मूडमा नरहेको बताए । मोदीसँग यसबारेमा आफूले कुरा गरेको र कुराका क्रममा मोदीको मूड ठीक नपाएको ट्रम्पले जानकारी दिए । तर भारत सरकारका शीर्ष अधिकारीले चीनसँगको सीमा विवादका विषयमा मोदी र ट्रम्पबीच कुरा नभएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

चीनका विषयमा गर्न लागिएको पत्रकार सम्मेलनमा कोरोनाको मुद्दा सर्वोपरि हुने पक्का छ । ट्रम्प प्रशासनले विगत केही समययता कोरोनाभाइरसको विषयमा चीनमाथि लगातार दबाब दिइरहेको छ । चीनले कोरोनाका विषयमा संसारलाई दिग्भ्रमित गरेको र जानकारीहरू लुकाएको वाशिङटनको आरोप छ । कोरोना र त्यसले अमेरिकामा पुर्‍याएको भीषण क्षतिका लागि चीन जिम्मेवार रहेको भनी ट्रम्पले बताउँदै आएका छन् । 

पत्रकार सम्मेलनमा ट्रम्पले हङकङमा चीनको कडा सुरक्षा कानूनका विषयलाई पनि उठाउने सम्भावना छ । चीनको संसद्ले बिहीवार हङकङका लागि नयाँ सुरक्षा कानूनलाई स्वीकृति दिएको छ । यसलाई अमेरिका तथा पश्चिमी मुलुकहरूले हङकङवासीको सुरक्षामाथिको आक्रमण भनिरहेका छन् । 

अनि उइगुर मुसलमानहरूमाथि चीनले अत्याचार गरिरहेको भनी अमेरिका लगायतका मुलुकले आरोप लगाइरहेका छन् र त्यसलाई पनि ट्रम्पले सम्बोधन गर्ने अपेक्षा छ । शिनजियाङ प्रान्तमा लगभग २० लाख उइगुर मुसलमानहरूलाई श्रम शिविरमा राखेर अत्याचार गरिएको आरोप छ । यस विषयमा बनेको एउटा कानूनमा पनि ट्रम्पले शुक्रवार हस्ताक्षर गर्न सक्छन् । 

दुई दिनअघि मात्र अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उइगुर ह्युमन राइट्स पोलिसी याक्ट २०२० लाई स्वीकृति दिएको छ । यस ऐनमा उइगुर मुसलमानहरूमाथि अत्याचार गर्ने चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाउन सकिने प्रावधान छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x