वुहानको ‘माछाबजार’ कोरोनाको उत्पतिस्थल नभएको अनुसन्धानकर्ताको दाबी

कोभिड १९ को उत्पति कहाँ भएको हो भन्ने सन्दर्भमा गरिएका नयाँ अध्ययनहरूले चीनको वुहानस्थित माछाबजार भाइरसको उद्गमस्थल नभएको देखाएका छन् ।

जेनेटिक प्रमाणहरूले चमेरोमा भएको भाइरस उद्विकास भएर मान्छेमा आएको तर कहाँबाट सर्यो भन्ने अझै सम्म पत्ता लागेको छैन । वुहानस्थित माछाबजारमा भाइरस उत्पति नभएको बरू उक्त ठाउँबाट तीव्र गतिमा फैलिएको पछिल्लो समयमा गरिएका अध्ययनहरूले निष्कर्ष निकालेका छन् ।


Advertisement

शुरूमा चीनका अधिकारीहरूले कोभिड १९ को पहिलो केस माछाबजारमै देखिएको बताउने गरेका थिए । तर विभिन्न अध्ययनहरूले त्यसको खारेज गरिसकेको बेलायतबाट प्रकाशित हुने डेली मेलको अनलाइन संस्करणमा समाचार प्रकाशित छ ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल र प्रीभेन्सन (सीडीसी)ले माछाबजारमा बेचिने सबै सीफूड जीवहरूको नमूना परीक्षण गरेको थियो । तीमध्ये कुनैमा पनि भाइरसको संक्रमण भएको देखिएको छैन ।


Advertisement

वुहानको माछाबजारमा बेचिने कुनै पनि सीफूड जीवहरूमा भाइरस नदेखिएपछि त्यहाँबाट भाइरस फैलिएको हुन सक्ने अनुमान तथ्यपरक नभएको पुष्टि भइसकेको छ ।

तर कोभिड १९ संक्रमित उक्त बजार गएको हुन सक्ने र त्यहाँबाट तीव्र गतिमा भाइरस फैलिएको हुनसक्ने सम्भावना भने जिवितै छ ।

अमेरिकी र चिनियाँ अनुसन्धानकर्ताहरूले वुहानको भाइरोलोजी इन्स्टिच्युटबाट कुनै पनि भाइरस लीक नभएको दाबी गरेका छन् ।

‘षड्यन्त्र सिद्धान्त’का रूपमा संसारभर धेरै मानिसहरूले भाइरस कहीं बनाएर लीक गरिएको हुनसक्ने अनुमान पनि गरेका छन् तर अमेरिका र चीन दुवै देशका अनुसन्धानकर्ताहरूले त्यो सिद्धान्त खारेज गरेका हुन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्