भारतबाट आउनेलाई २० वटा नाका

फाइल तस्वीर

भारतबाट आउने नेपालीलाई थप नाका खोल्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ । जसअनुसार अब पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाकाबाट नेपाली आउन पाउनेछन् ।

थोरै नाकाबाट प्रवेश दिँदा भिड भएको र लुकिछिपी आउँदा संक्रमण फैलने जोखिम झन् धेरै हुने भएकाले २० वटा नाकाबाट ल्याउन लागिएको हो । 


Advertisement

भारतबाट आउनेहरू भने भारततर्फको क्वारेन्टाइनमा बसेको केही हप्तापछि मात्र नेपाल आउन पाउनेछन् । नेपाल आएपछि पनि उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । लकडाउन सुरु भएयता हालसम्म करिब एक लाख नेपाली भारतबाट आइसकेका छन् । भारतबाट थप दुई लाख आउने आकलन गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्