पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
– दीपकराज जोशी
जीवन कसरी जिउने ? कुनै ‘म्यानुअल’ न हिजो थियो, न आज छ । न त भोलि नै हुनेछ ।
विकासको गति बढ्दो छ । विकासका साथसाथै राग, द्वेष, मोह, लोभ, क्रोध, ईर्ष्या पनि बढिरहेको छ ।
मेरो गाउँमा बनेको पुलले अर्को गाउँ त जोडियो तर गाउँमै बस्ने मान्छेको मन भने जोडिएन । शहरीकरणले गाउँदेखि शहरको दूरी घटायो तर एक गाउँदेखि अर्को गाउँको दूरी झनै बढायो ।
सोसियल मिडियामा लाइक, फलो, शेयर त धरै नै भयो तर वास्तविक जीवनमा मन पराउने मान्छे कम हुँदै गए । शेयर गर्नु भनेको केयर गर्नु भन्ने कुरा फेसबूकभन्दा बाहिर आएन ।
कुनै बेला लाखौं फ्यान र फलोअर्स भएकाहरूको मलामी जाने मान्छे नभेटिएको उदाहरण पनि प्रशस्त छन् । सायद त्यसैले भनिन्छ, तपाईंका सबै फलोअर सधैं तपाईंका फ्यान हुँदैनन् ।
नाडीमा ४ लाखको घडी लगाएर त्यहीँ हाथले ४० रुपैयाँको चाउचाउ बोकेर समाज सेवा गर्छु भनेर फोटो पोस्ट गर्नेहरूको पनि भीड धेरै नै छ । ३६४ दिन झगडैमा बिते पनि भ्यालेन्टाइन डेमा ‘म तिमी विना बाँच्न सक्दिनँ’ भनेर फोटो पोस्ट गर्ने पनि कम छैनन् । जीवनभरि नै बुवाआमालाई हेला गरेर पनि कुशे औंशीका दिनमा ह्याप्यी मदर डे भनेर फोटो अपलोड गर्न पनि धेरै नै छन् ।
सोसियल मिडियाबाट फाइदा पनि छ तर हाम्रो समाजले फाइदाभन्दा दुरुपयोग नै बढी गर्दै गयो । विचार गर्नुपर्ने बेला आएको छ – कतै सोसल मिडियाले हामीलाई ‘एन्टी सोसल’ त बनाएको छैन ? नभएको पैसाले नचाहिएको सामान किनेर नचिनेको मान्छेलाई आकर्षण गर्ने हाम्रो संस्कार जबसम्म अन्त्य हुँदैन, तबसम्म समाज अगाडि बढ्ने छैन ।
कुनै बेला आफैंले उत्पादन गर्ने सामान र तरकारी आज किनेर खाँदा कसको मन कुँडिएको छैन होला । बदाम खेती बन्द भयो तर ‘पिनट बटर’ खाने बानी बस्यो । वर्षातको पानीलाई स्याखु, छत्रीले रोक्न सकेन, तब चाइनाबाट छाता आयो ।
हजुरआमाले भुटेको आफ्नै बारीमा फलेको मकैभन्दा ‘पपकोर्न’ मिठो हुन थाल्यो । माटाको भुड्काको पानीलाई फ्रिजको पानीले विस्थापित गर्यो । बारीमा फल्ने ताजा फलफूलभन्दा भाटभटेनीबाट आएको एप्पल जुस, अरेन्ज जुस नै मिठो हुन थाल्यो । साउने संक्रान्ति, माघे संक्रान्ति, शिवरात्री र अरू थुप्रै चाडपर्वभन्दा क्रिसमस, भ्यालेन्टाइन, हालोइन प्यारो लाग्न थाल्यो ।
अरूलाई जित्ने होडबाजीमा बिस्तारै हामी आफैंसँग हारिरहेका छौं । मेरो आफ्नो जीवनका देखाइ र भोगाइबाट यहाँसम्म आइपुग्दा ममा परिवर्तन भएका कुराहरू तपाईंको सामु राख्दैछु । जीवनलाई जिउने यी सरल तरिकाहरू अपनाउनुभयो भने खुशीको पछाडि तपाईं दौड्नु पर्दैन, खुशी तपाईंको पछि दौडेर आउनेछ ।
प्रकृति : हाम्रो साथी
प्रकृतिसँग घनिष्ट सम्बन्ध राख्ने कोसिस गर्नुहोस् । यो नभल्नू कि पृथ्वी हाम्रो विस्तारित शरीरको एक हिस्सा हो, त्यसैले पृथ्वीको हेरचाह गर्नुहोस् । आफ्नै देशमा उत्पादित सामान प्रयोग गर्नुहोस् । चाहिनेभन्दा बढी सामान नकिन्नुहोस् । सामान त्यस्तो किन्नुहोस् जो टिकाउ हुन्छ र मर्मत गर्न सकिन्छ ।
अत्यधिक प्रसंस्कृत खाद्यपदार्थ, मासु, र गुलियोजन्य खानाहरूबाट टाढा रहनुहोस् । प्राकृतिक, स्वस्थ खाना खानुहोस् । सक्नुहुन्छं भने शाकाहारी वा भिगन खाना खानुहोस् ।
योग/व्यायम
हरेक दिन योग/व्यायम गर्नुहोस् । स्कुटर वा मोटरसाइकलले काम चल्छ भने गाडी नचलाउनुहोस्, साइकलले काम चल्छ भने स्कुटर वा मोटरसाइकल नचलाउनुहोस् । पैदल, साइकल वा सार्वजनिक यातायातको सहारा लिनुहोस् । तपाईंको सानो प्रयासले वातावरण सफा हुनेछ ।
सकभर होलिस्टिक तरिकाले बाँच्ने कोसिस गर्नुहोस् । छतमा बाह्रै महिना फल्ने कागती र खुर्सानी लगाउनुहोस्, कमसेकम खुर्सानी र कागतीमा त आत्मनिर्भर बन्न कोसिस गरौं ।
सौन्दर्य
सकभर गरगहना र मेकअपका सामान थोरै किन्नुहोस् । बाहिरी सौन्दर्यलाई भन्दा भित्री सौन्दर्यलाई निखार्ने कोसिस गर्नुहोस् ।
वातावरणमैत्री सामान प्रयोग गर्नुहोस् । सकभर पुनः प्रयोग गर्न मिल्ने (रिसायकल) सामान किन्नुहोस् । सबैभन्दा बढी समय आफूलाई, आफ्नो परिवार अनि समाजलाई दिनुहोस् ।
संस्कार
आफ्नो परिवारलाई आफ्नो धर्म, संस्कृति, संस्कार (१६ संस्कार वा आफ्नो धर्म अनुसारको संस्कार) समाज र आफ्ना पुर्खाका बारेमा जानकारी गराउनुहोस् । आफ्नो मातृभाषा (नेवार, गुरुङ, मगर, तामाङ्ग, मैथली, भोजपुरी, आदि) छोराछोरीलाई सिकाउनुहोस् ।
फुर्सदको समयमा व्यक्तिगत सीपहरू (उदाहरणका लागि काठको काम, प्लम्बरिङ, बिजुली मर्मत, साधारण उपकरण मर्मत, वागवानी र अरू कुनै पनि सीपहरू) को विकास गर्नुहोस्, जसले तपाईंलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउँछ ।
जीवनशैली
महत्त्वपूर्ण कुरा, हाँस्न नभुल्नु होला । जति धेरै हाँस्नुहुन्छ, त्यति नै धेरै बाँच्नुहुन्छ । जीवनलाई फरक ढंगले हेर्नुभयो भने जीवनलाई बुझ्ने वातावरण सिर्जना हुन सक्छ ।
जुन व्यक्तिको आहार, विहार, विचार, व्यवहार, संस्कार सही छ र मन, वचन र कर्मले कसैलाई पनि हानि पुर्याएको छैन त्यस व्यक्तिलाई कहिल्यै दुःख हुँदैन । आफ्नो जीवनशैलीमा थोरै परिवर्तन गर्नुभयो भने तपाईं, तपाईंको परिवार, तपाईंको समाज र वातावरणलाई ठूलो सहयोग पुग्नेछ र जीवन सुखी र सफल हुनेछ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...