×

NMB BANK
NIC ASIA

भारतबाट स्वदेश भित्रिने बढे, क्वारेन्टाइन बढेनन् !

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश  फर्किने नेपालीको संख्या दैनिक बढ्दो रहेको छ । 

Muktinath Bank

फर्किएकालाई अहिले सीमानाकाबाटै सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा ल्याएर राख्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बढ्दो चापले क्वारेन्टाइनको व्यवस्थापन मिलाउन स्थानीय तहलाई निकै चुनौती थपिएको छ । बस्ने, खानपानको व्यवस्था मिलाउनेसँगै व्यवस्थित तरिकाले राख्नका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको व्यस्तता बढेको छ । ५ दिनको अवधिमै पश्चिमी सीमा नाकाबाट १० हजार बढी स्वदेश भित्रिएका छन् ।


Advertisment
Nabil box
Kumari

तीमध्ये आधा बढी कञ्चनपुरका बासिन्दा छन् । कारोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टाइनमा बस्नेलाई सामाजिक दूरी कायम गराउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउन पोषणयुक्त खानेकुराको व्यवस्था गराउने कार्य गरिँदै आएको छ ।

Vianet communication
Laxmi Bank

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘स्वास्थ्य जाँचकार्यलाई समेत त्यत्तिकै ध्यान दिन थालेका छौं ।’ 

किट अभावमा क्वारेन्टाइनमा बस्दै आएका सबैको आरडीटी र पीसीआर परीक्षण हुन सकेको छैन । जोखिमयुक्त क्षेत्रबाट आएका र जोखिम हुनसक्ने व्यक्तिको कोरोना परीक्षण हँुदै आएको उनले जानकारी दिए । यसैगरी दैनिक स्वदेश फर्कनेको चाप बढ्ने हो भने क्वारेन्टाइनमा राख्न समस्या त हुन्छ नै सम्हाल्न समेत गाह्रो हुन्छ,’ उनले भने । ५ दिनअघिसम्म रित्तो अवस्थामा रहेका क्वारेन्टाइनमा सम्हाल्न नसकिने गरी नागरिक आइपुगेका छन् ।

बढ्दो चापलाई मध्यनजर गर्दै जिल्लाका ९ वटै स्थानीय तहले क्वारेन्टाइनको क्षमतामा वृद्धि गरेका छन् ।
 
नगरपालिकामा मात्रै सीमित क्वारेन्टाइनलाई वडा–वडामा विस्तार गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा क्वारेन्टाइन व्यवस्थापनका लागि समिति गठन गरिएको छ । नगरपालिकामा क्वारेन्टाइन व्यवस्थापन मूल समिति रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ९ वटै स्थानीय तहमा क्वारेन्टाइनको संख्या १३७ रहेको छ ।

क्वारेन्टाइनमा शय्या संख्या ६ हजार १९४ र क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या ५ हजार ८९२ रहेको छ । हालसम्म क्वारेन्टाइन अवधि पूरा गरी ८४८ घर फिर्ता भइसकेका छन् । विदेशबाट फर्किएका व्यक्तिको संख्या भने ११ हजार ५२३ रहेको छ ।

कञ्चनपुरमा क्वारेन्टाइनको संख्या भीमदत्त नगरपालिकामा १२५, महाकालीमा २४, बेदकोटमा १२, शुक्लाफाँटामा १८, कृष्णपुरमा १७, पुनर्वासमा १४, बेलौरीमा ७, लालझाडीमा ९, बेलडाँडीमा ११ गरी १३७ रहेको छ । क्वारेन्टाइनमा शय्याको संख्या भीमदत्त नगरपालिकामा ८००, महाकालीमा २ हजार, बेदकोटमा ४४२,  शुक्लाफाँटामा ७५०, कृष्णपुरमा ७६२, पुनर्वासमा ४५०, बेलौरीमा ३३५, लालझाडीमा २२०, बेलडाँडीमा ४३५ गरी ६ हजार १९४ रहेको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या भीमदत्त नगरपालिकामा ७०१, महाकाली नगरपालिकामा १ हजार १९९, बेदकोट नगरपालिकामा ४०७, शुक्लाफाँटा नगरपालिकामा ७००, कृष्णपुर नगरपालिकामा ७६२, पुनर्वास नगरपालिकामा ४४०, बेलौरी २७० लालझाडी गाउँपालिकामा २१९ र बेलडाँडी गाँउपालिकामा ३९४ गरी ५ हजार ८९२ छ ।

स्वदेश फर्कने सबैलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राखिँदै आएको छ । हालसम्म स्वाब परीक्षण ५९७ र  आरडीटी २ हजार ८९९ जनाको मात्रै गरिएको छ । फर्केका नागरिकलाई सम्बन्धित नगरपालिकाले सीमा क्षेत्रबाट क्वारेन्टाइनमा ल्याउन भरपर्दो साधनको अभाव छ । टिप्पर र ट्रक लगायतका साधनमा एकै ठाउँमा राखेर ल्याउने कार्यले कारोना भाइरसको संक्रमणको जोखिम निकै बढाएको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x