×

NMB BANK
NIC ASIA

हात खुट्टा, मुख र घाँटी बाँधिएको अवस्थामा सञ्चारकर्मी विफाको उद्धार, दोषीलाई कारवाहीको माग

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको टीकापुरबाट प्रशारण हुँदै आएको रेडियो नमस्तेमा कार्यरत प्राविधिक विफा चौधरीको हत्या प्रयासमा संलग्नलाई कडा कारवाहीको माग गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

विभिन्न संघ संस्थाले शनिबार छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै सुनियोजित ढंगले चौधरीको हात खुट्टा, मुख र घाँटी टेपले बाँधेर हत्या प्रयासमा संलग्नहरुलाई हदैसम्मको कानूनी कारवाहीको माग गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल पत्रकार महासंघ कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीलगायत संघ संस्थाले घटनाको घोर भन्र्सना गर्दै कडा कारवाहीको माग गरेका छन् ।


Advertisment
Nabil box
Kumari

फोनिज कैलालीका अध्यक्ष लखन चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘घटनाप्रति फोनिज कैलाली स्तब्ध भएको छ । चौधरीमाथि सुनियोजित रुपमा हत्या प्रयास गरिएको सो घटनाले सिंगो प्रेस जगतमाथि नै प्रहार भएको फोनिज कैलालीको ठहर छ । घटनाको घोर निन्दा एंव भत्सर्ना गर्दै दोषी उपर छानविन गरी कडा कारवाहीको मागसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दक्षकुमार बस्नेतले घटनाको विभिन्न कोणबाट सूक्ष्म रुपमा अनुसन्धान जारी रहेको बताए । पीडितको तर्फबाट जाहेरी दर्ता भएको बताउँदै उनले प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको जनाए ।

प्रहरीका अनुसार २२ वर्षीया चौधरी टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं.१६ मा डेरामा बस्दै आएकी छिन् । शुक्रवार राति करिव ९ बजे तीन जनाको समूहमा आएको अज्ञात समूहले हत्या प्रयास गरेको थियो । कोठामा बंत्ती वालेर शौचालय गएकी चौधरीले कोठामा पुग्दा बत्ती निभाएको अवस्थामा कोठाभित्र पस्दा मुखमा कालो रंगको मास्क लगाएको तीन जनाको समूहले नियन्त्रणमा लिएको बताइएको छ ।

करिव २०/२५ मिटरको दुरीमा रहेको छिमेकी डेराकी साथीसँग गफगाफ गरेर सुत्न कोठामा पुगेकी उनलाई उनकै कोठाभित्र अज्ञात समूहले नियन्त्रणमा लिई हत्या प्रयास गरेको प्रहरीलाई प्रारम्भिक बयानमा बताएकी छिन् । उनी डेरामा एक्लै बस्दै आएकी छिन् भने स्वास्थ्यकर्मी घरधनी शुक्रवार राति क्वारेन्टाइनमा ड्युटीमा गएकी थिइन् ।

सोही मौका छोपी  दुई जनाले हात मुख समातेर नियन्त्रणमा लिएको र अर्काले झुण्ड्याउन दोपट्टा बाँध्दै कर्ण कुँवरको रेडियोमा काम गर्ने, जथाभावी समाचार लेख्ने बोल्ने यसलाई मार्नु पर्छ भन्दै मुख थुनेर मार्न खोजेको पीडित चौधरीले बताएकी छिन् । घटनाको खबर पाउने वित्तिकै पुगेको प्रहरीले विफालाई हात खुट्टा बाँधिएको, मुख र घाँटीमा टेप लगाइएको रक्ताम्मे अवस्थामा फेला पारेको थियो ।

बेहोश अवस्थामा प्रहरीले उद्दार गरेर उनलाई टीकापुर अस्पताल पुर्‍याएको थियो । उपचारपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x