×

NMB BANK
NIC ASIA

चेम्बरले भन्यो : बजेट सन्तुलित

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित रहेको टिप्पणी गर्दै जीवनरक्षाका सन्दर्भमा प्रस्तावित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवं पूर्वाधार विकासका लागि ठूलो स्रोत परिचालित गरिनु आफैँमा महत्वपूर्ण रहेको बताएको छ। 

Muktinath Bank

चेम्बरले विज्ञप्तिमार्फत स्वास्थ्य तथा स्वास्थ्य पूर्वाधारमा ९० अर्ब ६९ करोड बजेट विनियोजन हुनु आफैँमा महत्वपूर्ण रहेको जनाएको छ। चेम्बरले आर्थिक पुनरुत्थानका लागि कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत अर्थात् झण्डै  दुई खर्बको बजेट अपेक्षा गरिएकामा ५० अर्ब मात्रै प्रस्ताव गरिएको छ। सिमिति प्याकेजका रुपमा साना तथा मझौला व्यवसायका लागि पाँच प्रतिशत व्याज तोकिएकामा त्यसलाई घटाएर दुई प्रतिशत कायम हुनुपर्नेमा जोड दिइएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसान क्रेडिट कार्ड, भूमि बैंक आदि जस्ता व्यवस्थाले कृषिको व्यवसायीकरणलाई प्रोत्साहित गरेको,  तीन हजारसम्मको ज्याला र पारिश्रमिक खर्च तथा  दुई हजारसम्मको वस्तु र सेवा खरिदमा प्यान अनिवार्य नहुने व्यवस्थाले व्यवसायलाई केही सहजीकरण गर्ने चेम्बरको ठहर छ।


Advertisment
Nabil box
Kumari

पर्यटन उद्योगका सन्दर्भमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेलगायत हवाई इन्धन र ग्राउण्ड ह्याण्डलिङ शुल्मा दिइएको सहुलियतसमेत सकारात्मक रहेको उल्लेख गर्दै चेम्बरले आर्थिक वृद्धिको लक्ष्य पूरा हुनेमा आशङ्का व्यक्त गरेको छ। 

Vianet communication
Laxmi Bank

राजस्व सङ्कलनको लक्ष्य महत्वाकाङ्क्षी र चुनौतीपूर्ण रहेको, रोजगारीमा महत्वाकाङ्क्षी कार्यक्रमका रुपमा तोकिएको लक्ष्य पूरा हुन अप्ठ्यारो पर्ने र भारतबाट झण्डै १५ लाख नागरिक फर्कंदा उनीहरुलाई व्यवस्थापन गर्नसमेत गाह्रो पर्नसक्ने जनाइएको छ। 

खर्च व्यवस्थापनका लागि आन्तरिक ऋणमा जोड दिइएको दुई खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको विषयले अर्थतन्त्रमा तरलता अभाव सिर्जना हुन्छ भने कर्जाको व्याजदरमा दबाब पर्ने सम्भावना रहेको भन्दै कृषि क्षेत्रमा जोड दिइएको भए पनि बजेटमा प्रतिस्पर्धी बनाउनेतर्फ ध्यान नदिइएको स्पष्ट पारेको छ। 

विद्युतीय सामग्रीको उपयोगमा प्रोत्साहन गर्ने बताइए तापनि विद्युतीय सवारी साधनको आयातमा कर लगाइएको र डिजेल पेट्रोलमा कर बढाइएको विषय नमिल्दो भएको जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x