×

NMB BANK
NIC ASIA

भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरुले राेपे बाेटबिरुवा

जेठ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले काेराेना भाइरस राेकथामका लागि चैत ११ गतेदेखि लागू गरेकाे लकडाउन जेठ मसान्तसम्मका लागि लम्ब्याएकाे छ। अन्तर्राष्ट्रिय सीमानाकाबाट आवागमन पनि असार १६ गतेसम्मका लागि राेक्ने निर्णय पनि शनिबार नै भएकाे छ।

Muktinath Bank

काेराेनाले विश्वव्यापी महामारीकाे रुप लिँदा राेजगारीकाे सिलसिलामा भारतमा गएका नेपालीहरु बेराेजगार बनेपछि स्वदेश फर्कने क्रम बढेकाे छ। यसरी भारतबाट फर्केकाहरुलाई स्थानीय तहले बनाएकाे क्वारेन्टाइनमा राख्ने गरिएकाे छ ताकि काेराेना संक्रमण रहेछ भने पनि घरपरिवार र समाजमा नफैलियाेस्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी भारतबाट फर्केर कैलालीकाे भजनीस्थित क्वारेन्टाइनमा रहेकाहरु भने रचनात्मक काम गर्न थालेका छन्।


Advertisment
Nabil box
Kumari

भजनी नगरपालिका ३ कुसुमघाटस्थित दुर्गा माध्यमिक विद्यालयमा बनाइएकाे क्वारेन्टाइनमा रहेकाहरु बाेटबिरुवा राेप्नुका साथै सरसफाइ गर्न थालेका छन्।

Vianet communication
Laxmi Bank

भजनी ३ का अध्यक्ष विक्रम चाैधरीका अनुसार भारतकाे गुजरात र राजकाेटबाट फर्केका ३७ जना उक्त क्ववारेन्टाइनमा छन्। क्वारेन्टाइनमा रहेका अर्जुन कुमाल  दिन कटाउन गाह्राे भएपछि साथीहरुकाे सरसल्लाहमा स्कूल हातामा बाेटबिरुवा राेप्नुका साथै सरसफाइ गरिएकाे बताउँछन्।

क्वारेन्टाइनमा रहेका अर्का युवा केशर कडायत पनि समाजलाई सकारात्मक सन्देश जाओस् भनेर बाेटबिरुवा राेपिएकाे बताउँछन्।

वडाध्यक्ष चाैधरीका अनुसार उनीहरुलाई बस्न र खानाकाे व्यवस्था स्थानीय सरकारले गरेकाे छ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x