×

NMB BANK
NIC ASIA

भारतबाट भित्रिएकालाई सेनाले घर पठाउने

जेठ १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ — भारतबाट स्थलमार्ग हुँदै भित्रिएका नेपालीलाई घरसम्म पुर्‍याउने गरी आवश्यक सवारीसाधन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रवेश गरेकाहरूको तीनपुस्ते विवरण संकलनका लागि ‘होल्डिङ सेन्टर’ मा राख्ने र त्यसपछि सेनाले व्यवस्था गरेका सवारीसाधनमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यसतर्फ पठाउने व्यवस्था सरकारले गरेको हो ।

Muktinath Bank

यसका लागि स्थानीय प्रशासन र प्रदेश सरकारसँग समन्वय गरेर यातायात व्यवसायीलाई आवश्यक सवारीसाधन उपलव्ध गराइदिनेबारे छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो समय भारतले सीमावर्ती क्षेत्रमा लकडाउन हटाएसँगै नेपालीको रेखदेख र दैनिक जीवन निर्वाहमा चासो दिन छाडेपछि सरकार स्वयंले नै पहल गरेर उनीहरूलाई स्वदेश ल्याउन लागेको हो ।
त्यसकै लागि सीमावर्ती जिल्लास्थित प्रशासन कार्यालयसहित प्रदेशस्थित सुरक्षा संयन्त्रमार्फत भारतीय सिमानामा आएर रोकिएकाको विवरण संकलन कार्य भइरहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । सेनाले बनाएको खाकाअनुसार तत्काल भारतसहित विभिन्न मुलुकबाट ९ लाख जना स्वदेश भित्रिन सक्ने अनुमान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भारतबाट स्थलमार्ग हुँदै नेपाल आउन चाहनेको विवरण संकलन कार्य जिल्ला प्रशासन कार्यालयबाट भइरहेको छ,’ प्रवक्ता पाण्डेले कान्तिपुरसँग भने, ‘जो–जो आउन चाहेका छन्, तोकिएका नाकामा आवश्यक स्वास्थ्य परीक्षण गर्ने, प्रदेश र स्थानीय तहअनुसार नाकामै सवारी व्यवस्था गरिने र सम्बन्धित प्रशासन र स्थानीय तहसँगको समन्वयका आधारमा सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नेछन् ।’


Advertisment
Nabil box
Kumari

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नाकामा स्वास्थ्य परीक्षण गराएर कोरोना संक्रमण नभएको भेटिएपछि मात्रै उनीहरूको स्थायी ठेगाना उल्लेखित स्थानीय तहमा सरकारले व्यवस्था गरेका गाडीमा पठाइने बताए । सेनाले व्यवस्थापन गरेको सवारीसाधनमा भाडा भने सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने प्रवक्ता शर्माले जानकारी दिए । ‘भारतबाट आएका सबैको विवरण संकलन गरेर सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने व्यवस्था मिलाउने जिम्मा सेनालाई दिइएको छ,’ उनले कान्तिपुरसँग भने । नाकामा आइपुगेकाहरूलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउन संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, सुरक्षा निकाय र प्रशासनबीच समन्वय भइरहेको प्रवक्ता शर्माले बताए ।

Vianet communication
Laxmi Bank

तर भारतबाट भित्रिनेको चाप बढेसँगै स्थानीय सरकारले चासो नै नगरेको गुनासोपछि गृहले स्थानीय प्रशासनलाई यसका लागि चुस्त व्यवस्थापन र समन्वयका लागि पहल गर्न निर्देशन दिएको छ । भारतबाट आएकालाई राख्न अहिलेको क्वारेन्टाइन पर्याप्त नभएको भन्दै विभिन्न पालिकाहरूले संघीय सरकारसँग आर्थिक सहयोगसमेत मागेको र यसको उचित व्यवस्थापन पनि गरिने उनले बताए ।

वैशाख १२ को मन्त्रिपरिषद् बैठकले विदेशबाट आउन चाहने नेपालीलाई सरकारले नै पहल गरेर ल्याउने र १४ दिनसम्म तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने गरी कार्यविधि जारी गरेको थियो । उक्त कार्यविधिका आधारमा भारतबाट आउन चाहनेले दक्षिणतर्फ पूर्वको पशुपतिनगरदेखि सुदूरपश्चिमको दार्चुलासम्मका २० वटा नाकामात्रै प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको थियो । गत चैत ५ यतामात्रै भारतबाट ५ लाखभन्दा बढी नेपाली स्वदेश आइपुगेको गृह मन्त्रालय स्रोतले जनाएको छ । तीमध्ये कतिपय लुकीछिपी आउँदा संक्रमण समुदायमा फैलिएको घटना पनि बाहिर आइसकेका छन् । थप संक्रमण फैलिन नदिन २० वटा नाकामार्फत सरकारी तहबाटै नेपालीलाई भित्र्याउन लागिएको शर्माले बताए ।


सैनिक प्रवक्ता पाण्डेले विदेशबाट आउने करिब ९ लाख मानिसलाई व्यवस्थापन गर्न सकिने गरी क्वारेन्टाइन निर्माणका लागि पनि काम भइरहेको बताए । विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने, सम्बन्धित पालिकासम्म पुर्‍याउने तथा त्यसका लागि आवश्यक बजेट व्यवस्थापन कसले गर्ने भन्ने कुरा स्पष्ट खुलाउन सीसीएमसी बैठकमा आग्रह गरिएको उनले बताए । यसैबीच हवाईमार्गबाट आउने जोकोहीले पनि सरकारले तोकेको क्वारेन्टाइनमा १४ दिन अनिवार्य रूपमा बस्नै पर्नेछ ।

‘विदेशबाट आउने सबैको आरडीटी परीक्षण गराएर तोकिएको क्वारेन्टाइनमा पठाइनेछ,’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘हुने खानेहरू हामी आफ्नै घरमा जान्छौं पनि भन्न सक्छन्, त्यो सुविधा कसैलाई पनि हुँदैन । अनिवार्य रूपमा १४ दिन तोकिएका क्वारेन्टाइनमा राखेर अनिमात्रै होम क्वारेन्टाइनमा स्थानान्तरण गरिनेछ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x