कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
नयाँ नक्सा अनुसार नेपालको निशान छाप संशोधनका लागि सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक आजदेखि प्रक्रियामा जाने भएको छ । यसअघि १४ गते बुधवार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयक पेश गर्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो ।
आइतवार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय व्यबस्था मन्त्री डा शिवमाया तुम्वाहाम्फेले विधेयक पेश गर्ने सम्भावित कार्यसूची हिजो नै प्रकाशित भएको थियो । संघीय संसद सचिवालय स्रोतका अनुसार आइतवारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन विधेयक) २०७७ माथि अनुमति माग्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय मागेका कारण यसअघि संविधान संशोधन विधेयक कार्ययूचीबाट हटाइएको थियो । शनिवार बसेको काग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । संविधान संशोधन विधेयक फाष्ट ट्याकबाट पारित गराउने सरकारको तयारी छ ।
संविधान संशोधन विधेयक सर्वसम्मत पारित गराउने प्रयास स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सर्वदलीय बैठक राखेका थिए । जेठ ६ गते सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले संविधान संशोधन विधेयक पारित भएको दिन मुलुकमा दीपावली हुने बताएका थिए ।
सरकारले अघिल्लो शुक्रवार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटि सरकारले गत जेठ ५ गते नयाँ नक्सा प्रकाशित गरेको थियो ।
आइतवार बजेटमाथिको छलफल शुरु हुनु अघि नै विधेयक टेवुल गर्ने कार्यसूची छ । गत आइतवार बसेको कार्यव्यबस्था परामर्श समितिले विधेयक परिपक्क भएपछि प्रक्रियामा लैजाने निर्णय गरेको थियो ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...