×

NMB BANK
NIC ASIA

परिवारसँग बस्ने त टाढाको कुरा जसले आफ्नै भूमिमा आएर मर्न पनि पाएनन् !

जेठ १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्याङ्जाको हरिनास गाउँपालिका– २ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको नेपाल फर्किने क्रममा भारतको नौतनवामा जेठ १० गते निधन भयो । 

Muktinath Bank

कोभिड– १९ का कारण भारतमा रोजगारी गुमेपछि नेपाल आउन खोज्दा दुवै देशमा ‘लकडाउन’ चलिरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी हिँडेरै नेपाल आउने प्रयासमा थिए, तर सीमा बन्द भएकाले नेपाल प्रवेश पाएनन् । उनलाई सीमापारि नै नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्यारेन्टाइनमा राखियो । 


Advertisment
Nabil box
Kumari

बाँचे आफ्नो परिवारसँगै बस्ने, मरेपनि आफ्नै देशमा मर्ने संकल्प गरेर यात्रा तय गरेका उनको क्वारेन्टाइनमै मृत्यु भयो । श्वास छँदा नेपाल टेक्न पनि पाएनन् ।

Vianet communication
Laxmi Bank

मृत्युपछि कोभिड– १९ परीक्षणको नतिजा आयो, नेगेटिभ । कोभिड पुष्टि नभएपछि शव परिवारको जिम्मा लगाइयो । परिवारका सदस्यले गाउँमै लगेर अन्तिम संस्कार गरे ।

अर्कैका देशमा क्वारेन्टाइनमा बिरामी हुँदा पनि उपचार नपाएर मृत्यु भएको आमा देवीमाया बताउँछिन् ।

उनले रुँदै भनिन्, ‘कतारमा ४ वर्ष बसेर गएको मंसिरमा छोरो घरमा आएको थियो, त्यसपछि माघमा भारतको अलिगढ गएको थियो ।

यो महामारीले काम गुमेपछि घर आएर तरकारी खेती गर्ने सोच छ भन्दै थियो, तर घर आइपुग्नै पाएन ।’ देवबहादुरका दुई छोरी छन् । अब उनीहरूको पनि बिचल्ली भएको छ ।

***

भारतको गुजरातबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै घर फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ९ का अर्का एक युवाले पनि ज्यान गुमाए । नेपाल आइनपुग्दै बाटोमै उनको ज्यान गयो ।

जेठ १० गते गाडीमा छट्पटिएका उनले बान्ता गरे । स्वावप्रश्वासमा समस्या भएर गाडीमै ढले, त्यहीँ उनको मृत्यु भयो ।

शव कृष्णनगर ल्याएर स्वाब परीक्षण गर्दा कोभिड– १९ पोजेटिभ देखियो, जसको पुष्टि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा तथा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल दुवैले गरिसकेका छन् ।
महाव्याधिका कारण पराया देशमा रोजगारी गुमाएपछि उनी पनि नेपालमै आएर केही गर्न चाहन्थे, तर सम्भव भएन ।

‘भाइ अब देशमै परिवारसँग बसेर केही गर्ने सोचका साथ गाउँ फर्किँदै थियो, तर कोरोनाले बाटोमै चुडेर लग्यो,’ उनका दाजुले लोकान्तरसँग गुनासो गरे ।

अधिकांशले कोरोनालाई जितिरहेका बेला आफ्नो भाइलाई त्यस्तो के भयो भन्नेमा उनी अन्योलमा छन् ।

‘भाइ होटलमा काम गर्थ्यो । गाउँका ७० जना मिलेर गाडी रिजर्भ गरेर आएका थिए । भाइ कुनै दीर्घरोगी पनि थिएन । कोरोना लागेका कमैको मात्र मृत्यु भइरहेकोछ, तर मेरो भाइलाई के भयो त्यस्तो ?’ उनले अन्योलता व्यक्त गरे ।

उनको नेपालस्थित सीमामा प्रवेश नगर्दै मृत्यु भएको कपिलवस्तुका प्रजिअ पौडेल बताउँछन् ।

‘नेपाल प्रवेश नगर्दै निधन भएको थियो । उनको शवलाई सुरक्षित रुपमा नै गाउँमा पठाइएको हो । स्वाब जाँचको रिपोर्ट पोजेटिभ देखियो ।’

पछिल्लो समय सीमामा आइपुगेकाहरूलाई धेरै दिन नरोकिएको र सम्बन्धित पालिकाम पठाउँदै आएको उनले बताए ।

भारतको मुम्बइबाट गाउँ आएका बाँकेको नरैनापुर गाउँपालिका २५ वर्षिया युवाको जेठ ४ गते क्वारेन्टाइनमै मृत्यु भयो । दुईसाताको यात्रा गर्दै लुकिछिपी गाउँ आइपुगेका उनलाई क्वारेन्टाइनमै रहेको अवस्थामा एक्कासि ज्वरो आयो । बान्ता भयो । स्वासप्रश्वासमा समस्या भयो । उनलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स खोज्दा खोज्दै मृत्यु भयो ।

समयमै उपचार नपाउँदा ती युवाले ज्यान गुमाउन पुगेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साह बताउँछन् । ‘धेरै एम्बुलेन्सलाई फोन गर्दा क्वारेन्टाइनमा रहेकालाई बोक्न डराए । अस्पताल पुर्‍याउन नसक्दा नै उनको हुन पुग्यो,’ अध्यक्ष साहले भने ।

नरैनापुर देशकै सबैभन्दा बढी कोरोना संक्रमित भएको स्थानीय तह हो । त्यहाँ १ सयभन्दा बढी कोरोना संक्रमित छन् ।

भारतमा रोजगारीका लागि पुगेका नेपाली अहिले धमाधम घर फर्किरहेका छन् । उनीहरू कहीँ गाडी, कहीँ पैदल यात्रा गरेर सीमासम्म आउँदा बिरामी पर्न थालेका छन् । सीमामा आइपुगेपनि खान र बस्न नपाउँदा बिरामी पर्न थालेका छन् ।

समयमै आफ्नो भूमिमा प्रवेश नपाउँदा सीमापारि नै मृत्यु हुन थालेको छ ।

प्युठानको ऐरावती गाउँपालिका– ६ की २६ वर्षिया महिलाको मंगलबार क्वारेन्टाइनमै मृत्यु भयो । भारतको लुधियानाबाट जेठ ८ गते उनी प्युठान आएकी थिइन् । यद्यपि उनमा कोभिड– १९ संक्रमण देखिएन ।

पछिल्लो समय भारतबाट आउँदा बिरामी हुनेले समयमै उपचार पाउन सकेका छैनन् ।

शनिबार गुल्मी छत्रकोट गाउँपालिका वडानम्बर–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । उनको आत्महत्याको कारण खुल्न सकेको छैन । 

बिरामी भएर सीमासम्म आइपुगेकाहरूलाई सुरक्षित रूपमा नेपाल प्रवेश गराई क्वारेन्टाइनमा राखिने जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्गबहादुर खत्री ताउँछन् । 

‘अहिलेसम्म सीमा आएकाले हामीलाई बिरामी भएको जानकारी गराउनुभएको छैन । जानकारी गराए हामीले उहाँहरूलाई प्राथामिकता दिन्छौं । उपचारका लागि भारत गएर सीमासम्म एम्बुलेन्समा आएकालाई प्रवेशमा रोक लगाइँदैन । सीमा कोही बिरामी परेर परिवारले एम्बुलेन्स लाई लैजान चाहे लैजान सक्छन्,’ उनले भने । 

पछिल्लो एक हप्तामा प्रदेश नम्बर पाँचका विभिन्न नाकाबाट झण्डै ३५ हजार नेपाल प्रवेश गरेका छन्, जसले गर्दा प्रदेशका सबै गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन भरिभराउ छन् । प्रदेश पाँचमा मात्रै ३३ हजार मानिस क्वारेन्टाइनमा छन् । प्रदेश ३ सय ८३ जना उपचाररत छन् । निको भएर घर फर्किनेको संख्या ४७ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x