×

NMB BANK
NIC ASIA

सीमा नाका पुगेका नेपालीलाई वर्षाले समस्या

जेठ १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सीमा नाका पुगेका नेपालीलाई वर्षाले समस्या
लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ । शनिबार बिहानदेखिको वर्षाले पानीमा भिज्दै ससाना दूधे बालबालिका बोकेका महिला, वृद्धवृद्धा तथा युवायुवती भारतको सुरत, मुम्बई, गुजरात, हरियाणालगायतका शहरबाट पलिया गौरीफन्टा हुँदै नाकामा पुगेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

भारतको मुम्बईबाट पानीमा भिज्दै परिवार बालबच्चासहित नाकामा पुगेका डोटीको बाहुनकाँडाका भोजराज ओझाले भोक, कष्ट, थकानसहित तीन दिनदेखिको लामो दूरीको यात्राबाट बल्ल नेपाल प्रवेश गरेको बताउनुभयो । उहाँले भने, “नाका प्रवेश गर्ने क्रममा यहाँ परेकोे पानीले भिजाएर झनै बिजोग बनाएको छ, अझै आफ्नो जन्मथलो पुग्न त कति समय लाग्ने हो कुनै निश्चित छैन ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोजगारीका लागि विद्यालयको पढाइ छाडी सानै उमेरमा भारत पसेका ओझाले वर्षाबाट बच्नका लागि ओत लाग्ने ठाउँसमेत नहँुदा थप समस्या भएको दुःखेसो गरे । भारतका विभिन्न स्थानबाट आएका नेपालीलाई पानीले भिजाउनुका साथै त्यहाँ पानी जमेर हिलोसमेत भएर झन् अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ ।


Advertisment
Nabil box
Kumari

वर्षाकै बीचमा पनि भारतबाट नेपाल प्रवेश गरेकालाई खानपान व्यवस्थापनको काम भने भइरहेको खानपान अभियानमा सक्रिय कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । उनले भने, “पानी पर्दापर्दै भिज्दै हजारौँ नेपाली नाकामा प्रवेश गरेका छन्, उनीहरुको खानपानको व्यवस्थापन गर्न साह्रै गाह्रो भयो ।”

Vianet communication
Laxmi Bank

यही जेठ २ गतेदेखि भारतका विभिन्न शहरबाट आएका नेपालीहरुको उद्धारमा यहाँका विभिन्न सङ्घसंस्था, प्रदेश सरकार, सेवा समितिलगायत जुटेका छन् । कसैले व्यक्तिगतरूपमा पनि सहयोग गरिरहेको पाइएको छ । हालसम्म भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार नाका हुँदै झण्डै ३० हजार नेपाली नेपाल भित्रिसकेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको भनाइ छ ।

युएनडीपीद्वारा सहयोग

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले भारतबाट कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै भित्रिएका नेपालीको सुविधाका लागि नाका नजिकै त्रिपाललगायतको व्यवस्थापनका लागि सहयोग गरेको छ ।

युएनडिपी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रतिनिधि सतिष पाण्डेले स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणाकर अवस्थीलाई रु तीन लाख २२ हजार ५०० बराबरका २०० थान त्रिपाल, २० खानेपानी ट्याङ्कीलगायतका सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।

“दिनहुँ हजारौँको सङ्ख्यामा भित्रिने महिला, बालबालिका तथा वृद्ध सीमा क्षेत्रमा त्रिपालको अभावमा खुला आकाशमुनि घामपानी सहेर बस्न बाध्य छन्”, युएनडिपीका प्र्रतिनिधि पाण्डेले भने, “उहाँहरुलाई खुला आकाशमा बस्नुपर्ने बाध्यता नहोस् भन्नका निम्ति सहयोग गरेका हौँ ।” सशस्त्र प्रहरीको सहकार्यमा युएनडिपीले नेपालीको सुविधाका लागि सीमा क्षेत्रमा त्रिपाल निर्माण गरेको बताइएको छ ।

यसैगरी युएनडिपी सुदूरपश्चिम कार्यालयले कञ्चनपुरको महाकाली नगरपालिकाअन्तर्गतका क्वारेन्टिनको व्यवस्थापनका लागि नगरपालिकालाई रु तीन लाख ३० हजार बराबरका सामग्री सहयोग गरेको जनाएको छ । प्रतिनिधि पाण्डेका अनुसार ५० फोल्डिङ बेड डसना, ५० बाल्टिन, ५० तकिया, तन्ना, पानीखाने ड्रम, ७० थान त्रिपाललगायतका अति आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x