नेकपा महासचिव पौडेलले रुपन्देहीका पत्रकारका लागि उपलब्ध गराए ज्याकेट र एन ९५ मास्क

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

नेकपा महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीका पत्रकारलाई कोभिड- १९ विरुद्ध सजगता अपनाउन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

प्रेस संगठनको समन्वयमा पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासंघ रूपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसीलाई हस्तान्तरण गरिएको छ ।


Advertisement

नेपाल पत्रकार महासंघ रूपन्देहीमा आवद्ध पत्रकारहरूलाई उक्त सामग्री उपलब्ध गराइने छ ।

नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, प्रचार विभाग प्रमुख मोहन चापागाईं, नेकपा क्षेत्र न. २ का संयोजक तेजेन्द्र केसीले प्राप्त भएका पत्रकार परिचय पत्रसहितको ६ सय थान ज्याकेट र एन ९५ मास्क महासंघलाई हस्तान्तरण गरेका हुन् ।


Advertisement

नेकपा महासचिव तथा रुपन्देहीका सांसद पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारहरूका लागि उक्त सामग्री उपलब्ध गराएको नेकपा रूपन्देहीका प्रचारविभाग प्रमुख मोहन चापागाईंले बताए ।

उनले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले महामारीका बेला परिचयपत्रसहित फिल्डमा जाँदा त्यसले सहजता ल्याउन बताए ।

पत्रकार महासंघमा प्राप्त भएको उक्त सामाग्री महासंघका सदस्यहरूलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसीले बताए ।

उनले पहिचानसहित फिल्डमा खटिनुपर्ने भएकाले यसले सहज बनाउने विश्वास व्यक्त गरे ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्