बजेट हेर्दा दुईतिहाइको सरकारसँग कुनै दम नभएजस्तो देखियो– प्रकाशमान सिंह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा पेश गरेको नयाँ बजेटले सम्पूर्ण क्षेत्रलाई निराश बनाएको बताएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशका जल्दाबल्दा समस्या समाधान गर्न बजेट बिफल भएको आरोप लगाएका हुन् ।


Advertisement

‘सरकारले कोरोनालाई सामान्य तबरले लिएको बजेटले झल्काउँछ, कोरोना ठीक भएपछि ७ प्रतिशत आर्थिक वृद्धि भइहाल्छ भन्ने मनसाय  देखिन्छ । रोग रोकथाम, नियन्त्रणलाई जति गम्भीरताका साथ लिनुपर्ने हो, त्यो सरकारको त्यति प्राथमितामा नपरेको रूपमा लिन सकिन्छ,’ नेता सिंहले भने ।

एमसीसी कार्यान्वयनलाई लिएर नेकपाभित्र विबाद शुरू भइसकेको भन्दै उनले बजेट कार्यान्वयनमा प्रश्न गरे ।


Advertisement

‘दुईतिहाइ सरकारले तेस्रो बजेट पेश गरेको छ, पहिलोदेखि तेस्रोसम्मको बजेट प्रशासनिक सुधारमा प्रसास गर्नुपर्नेमा दम नभएको सरकार रहेको पाउँछौं,’ नेता सिंहले संसद्मा भने, ‘बजेट वक्तव्यमा परेको विषयलाई लिएर सत्ताधारी दलमा विवाद शुरू भएको कुराले यो बजेट कति विश्वसनीय छ भने प्रश्न उठेको छ, न्युनतम समझदारी नभएको बजेट कार्यान्वयनमा फितलो हुनेछ, सभामुख महोदय ।’

गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अति महत्त्वाकांक्षी लक्ष्यसहित १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेका थिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्