संसद्‍मा बाबुरामको प्रस्ताव– ‘गरीबहरूलाई बैंकमार्फत् नगद राहत दिऔं’

समाजवादी जनता पार्टीका नेता एवं पूर्व प्रधामनन्त्री डा. बाबुराम भट्टराईले टुक्रे राहतभन्दा गरीबीको रेखामुनि रहेका नागरिकको अभिलेख संकलन गरेर बैंकमार्फत् नगद राहत दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । 

आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै भट्टराईले विदेशबाट फर्कने युवालाई प्रयोग गरेर अर्थतन्त्रको रूपान्तरणमा लाग्न पनि आग्रह गरे । 


Advertisement

‘टुक्रेटाक्रे राहतले हँुदैन, एकीकृत प्याकेज बनाऔं, यस्तो राहत पाउनुपर्ने को–को हुन्, त्यसको अभिलेख बनाऔं । स्थानीय तहमार्फत्, सर्वपक्षीय संयन्त्रमार्फत अभिलेख राखेर डिजिटलाइजमार्फत बैंकिङ प्रणालीबाट सिधै नगद पठाउन सक्छौं’ भट्टराईले भने, ‘मोटामोटी हिसाब गर्दा १७ प्रतिशत नागरिक गरीबीको रेखामुनि छन्, त्यो भनेको १० लाख परिवारलाई मासिक ५ हजार हाल्दिने हो भने ६० अर्ब भए पुग्छ, एक खर्ब सामाजिक सुरक्षामा खर्च गरेका छौं ।’

भट्टराईले सम्पत्तिमार्फत कर लगाउन प्रस्ताव गरे । व्यवसाय गर्दा कर लाग्ने र सम्पत्ति थुपार्दा कर नलाग्ने व्यवस्था हटाउन उनको प्रस्ताव छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्