भारतको जासूसी ड्रोन खसाएको पाकिस्तानको दाबी

नियन्त्रण रेखा पार गरेर आएको भारतको जासूसी ड्रोनलाई आफूले खसाएको पाकिस्तानले दाबी गरेको छ । 

४८ घन्टामा दोस्रोपटक ड्रोन खसाएको उसले जानकारी दिएको छ । 


Advertisement

पाकिस्तानी सेनाका प्रवक्ताले भारतीय जासूसी ड्रोन पाकिस्तानी सीमाभित्र ७०० मिटरसम्म आएको बताए । त्यसलाई पाकिस्तानी सेनाले खसाएको उनको भनाइ छ । 

त्यसअघि मे २७ मा पनि पाकिस्तानी सेनाले भारतीय ड्रोन खसाएको बताएको थियो ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्