नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुग्यो, आज थप १६६ जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको स‌ंख्या १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


Advertisement

नयाँ पुष्टि भएका संक्रमितमध्ये १६२ पुरुष र ४ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नयाँ संक्रमित कुन–कुन जिल्लाका ?


Advertisement

रौतहटमा २९
सल्लानमा २५
धनुषामा २१
दैलेखमा १८ (एक मृत्यु)
कालिकोटमा १८
सप्तरीमा १२
सर्लाहीमा १०
बाँकेमा ८
कपिलवस्तुमा ५
पर्सामा ५
झापामा ४
बाजुरामा ३ (एक मृत्यु)
कैलालीमा ३
स्याङ्जामा २
तनहुँमा १
सुर्खेतमा १
मोरङमा १

एक जना डिस्चार्ज भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ ।

अन्य १ हजार ३ सय ४९ जना उपचाररत छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदेश १ मा १३५, प्रदेश २ मा ५१९, बाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा २०, प्रदेश ५ मा ५०९, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा २० जना कोभिड १९ संक्रमित उपचाररत छन् ।

कुल संक्रमितको प्रदेशगत विवरण भने प्रदेश १ मा १६५, प्रदेश २ मा ६२४, बाग्मती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २३, प्रदेश ५ मा ५६०, कर्णाली प्रदेशमा १२३ र सुदूरपश्चिम प्रदेशमा २७ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्