बुटवलबाट थप ४ जनाले कोरोना जितेर घर फर्किए

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

रूपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आइतवार थप ४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाका अनुसार निको हुनेमा कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जना छन् ।

उनीहरू वैशाख २९ र ३० गते भर्ना भएका थिए । उनीहरू १५ देखि ४० वर्ष उमेर समूहका छन् ।


Advertisement

अस्पतालबाट हालसम्म १५ जना निको भएर घर फर्किसकेको छन् । यस अगाडि जेठ १० गते  कपिलवस्तुका १० जना युवा निको भएर घर गएका थिए भने रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा वैशाख ३० गते निको भएर घर फर्किसकेका छन् ।

कोरोना अस्पतालको जनरल वार्डमा ३१ जना र १ जना आइसीयुमा उपचाररत रहेको डा. थापाले जानकारी दिए । योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ५२ जना पुगेको छ ।


Advertisement

डा. थापाले भने, ‘यहाँ आएकाहरु कोरोना जितेर खुसी हुँदै घर फर्किएका छन् । एक जना जटिल अवस्थाका बिरामीलाई भेन्टिलेटर राखेर उपचार गरिएपछि अहिले भेन्टिलेटर हटाइएको छ । उनको अवस्था पनि सुधारउन्मुख छ ।’

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्