‘कार्यालयमा मेरो होइन छोराछोरीको फोटो राख्नुस्, निर्णय गर्दा तिनलाई हेर्नुस्’ – युक्रेनी राष्ट्रपति

‘मैले तपाईंको अफिसमा मेरो फोटो राखेको मन पराउँदिन, राष्ट्रपति कुनै आइकन, प्रतिमा या चित्र होइन । बरू तपाईंहरूले अफिसमा आफ्ना बच्चाबच्चीको फोटो राख्नुस र निर्णय गर्दा तिनीहरूलाई हेर्नुहोस्,’ यो भनाई युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको हो ।

उनले सन् २०१९ को मे २७ मा सपथ ग्रहण गर्ने कार्यक्रममा यस्तो भनाई राखेका थिए ।


Advertisement

देशको बागडोर सम्हाल्दै गर्दा उनले इमान्दार र पारदर्शी शासन चलाउने प्रतिबद्धता गरेका हुन् । उनी रुससमर्थित पृथकतावादीहरूसँगको लडाईंका बीच राष्ट्रपति भएका थिए ।

अहिले यदाकदा उनको भनाइ सामाजिक सञ्जालमा भेटिने गर्छ तर उनको यो भनाइ एकवर्ष अघिको हो ।


Advertisement

उनी एउटा हास्यकलाकार थिए । उनले एकपटक आफू देशको राष्ट्रपति हुने विषयमा हास्य प्रस्तुती पनि दिइसकेका थिए ।

‘हामीले देशलाई सम्भावनाको खानी बनाउनेछौं,’ उनले भनेका थिए, ‘जहाँ सबै बराबर हुन्छन् र शासन इमान्दारीता र पारदर्शिताका आधारमा गरिनेछ । हामीलाई जनता शक्तिशाली चाहिएको छ, जसले जनताको सेवा गरोस् ।’

उनले भनेबमोजिम युक्रेनका धेरै सरकारी र निजी क्षेत्रका अधिकारीहरूले आफ्नो कार्यालयमा बच्चाबच्चीको फोटो राख्ने गरेका छन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्