×

NMB BANK
NIC ASIA

कोरोना महामारीः सुरक्षा उपाय अपनाउन बुटवल उपमहानगरको आह्वान

जेठ १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल उपमहानगरपालिकाले काेराेना महामारीविरुद्धको स्व:नियम र सामाजिक अभियानलाई पालना गर्दै सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

उपमहानगरपालिकाले सार्वजनिक अपिलमार्फत र प्रमुखको नेतृत्वमा आफैँ अनुगमन गर्दै यस्तो आग्रह गरेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वव्यापी महामारीको रोकथामका लागि अहिलेसम्म औषधिसमेत पत्ता नलागेकाले विज्ञहरुले पनि भाैतिक दूरीसहित स्व:नियममा बस्न जरुरी रहेकोमा जोड दिँदै आएका छन्।


Advertisment
Nabil box
Kumari

अत्यावश्यक काम परेपनि पूर्ण सुरक्षाको प्रवन्धसहित घरबाट निस्किन र भाैतिक दूरी कायम राख्न भन्दै उपमहानगरका मेयर  शिवराज सुवेदी अनुगमनमा खटिने गरेका छन्।

Vianet communication
Laxmi Bank

प्रदेशको अस्थायी मुकाम भएको, प्रदेश सरकारका मन्त्रालय, प्रादेशिक अस्पताल, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टरसमेत यहीँ छ। यी संवेदनशील र अत्यावश्यक काम परिरहने क्षेत्र पनि हुन्। बुटवलले प्रदेशमै पहिलो कोरोना विशेष अस्पताल, क्वारेन्टाइन र आइसोलेशन सेन्टर निर्माण गरेको थियो।

यस्तै बुटवलले क्वारेन्टाइनमा रहेकालाई योगा अभ्याससमेत गराउँदै आएको छ। बुटवल–१२, तामनगरमा रहेको क्वारेन्टाइन र कान्ति माविमा रहेको क्वारेन्टाइनमा रहेकालाई योगाका जानकारमार्फत योगा, ध्यान र विभिन्न आसनको अभ्यास गराइएको हो। 

यस्तै बैंक तथा वित्तीय संस्थाका विभिन्न तहका कार्यालयदेखि संसदसमेत यहीँ रहेको र दुई प्रमुख राजमार्गसमेत यहीँबाट जाने भएकाले बुटवलमा मानिसको आवागमन धेरै छ। उपमहानगरले समय तालिका नै निर्धारण गरेर सुरक्षित तरिकाले मात्रै त्यस्ता पशल तथा सञ्चालन गर्न आग्रह गर्दै आएको छ। 

अत्यावश्यक काम परेर हिँडडुल गर्नैपर्ने अवस्थाका मानिसलाई पनि कसरी सुरक्षित राख्ने र उपभोक्ताको जीउधन तथा स्वास्थ्यलाई पनि कसरी सुरक्षित राख्ने भन्ने उद्देश्यले बुटवलले नियमित अनुगमन गरेको प्रमुख सुवेदीको भनाइ छ।

उनले यहाँका किसानले उत्पादन गरेको तरकारीलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा उपभोक्ताको घरघरमा विक्री वितरण गर्न पाउनेगरी व्यवस्थासमेत मिलाएको छ। 

बुटवलले कृषिलाई प्रवद्र्धन गर्ने, किसानालाई प्रोत्साहन गर्ने र उपभोक्ताको स्वास्थ्यलाईसमेत विशेष चासो दिएर संवेदनशीलता देखाएको भन्दै उपभोक्ता अधिकारकर्मीले पनि सराहना गरेका छन्। उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का सचिव दुर्गा गौतमले महामारीका बेलामा हुन सक्ने सानो–सानो जोखिमलाई पनि मध्यनजर गरेर सावधानी अपनाउन जरुरी रहेका बेलामा बुटवलले उदाहरणीय काम गरेको प्रतिक्रिया दिए। 

‘एकातिर पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक सञ्जाल, अस्पताल र औषधी पसलहरु, वित्तीय संघसंस्थाहरु, खाद्यान्न, दुध, तरकारीलगायत होलसेल पसलहरु, केन्द्र प्रदेश र स्थानीय सरकारका कार्यालयहरुलगायत अत्यावश्यक सेवालाई सञ्चालन गर्नुपर्ने छ’ उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ–‘बुटवलले नै समग्र प्रदेशको अभिभावकत्व निर्वाह गर्ने र लकडाउनको पालना गर्दै नगरका नागरिकको सुरक्षाको समेत प्रबन्ध मिलाउनुपर्ने छ । यसैले सबैले स्वनियम पालना गरौं र गर्न लगाऔं ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x