×

NMB BANK
NIC ASIA

वन विधेयकमा सैद्धान्तिक छलफल

जेठ १८, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयकमाथिको छलफलले आज निरन्तरता पाएको छ। प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सो विधेयक उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदीश कुसियतले गत हिउँदे अधिवेशनमा पेश गरेका थिए।

Sagarmatha Cement
Muktinath Bank

सो विधेयकको सैद्धान्तिक छलफलमा विभिन्न सभासदहरुले वनको सीमाङ्कन गर्दा वन क्षेत्रमा निर्माण भएको घर, टहरा भत्काउनु अगावै उनीहरुको व्यवस्थापन गर्नुपर्ने, सामुदायिक वनमैत्री हुनुपर्ने, आमनागरिकको भावना र मर्मलाई छुने हुनुपर्नेमा जोड दिए। उनीहरुले प्रदेशको कूल भूगोलको ४३ प्रतिशत क्षेत्र ओगटेर पनि कूल ग्रार्हस्थ्य उत्पादनमा एक दशमलब सात प्रतिशतमात्र योगदान रहनुले वनको अवस्था जगजाहेर हुने प्रस्ट गर्दै विधेयक जनताको जीवनस्तर उकास्न मद्दत गर्ने किसिमको हुनुपर्ने विचार राखे। बैठकमा सभासदहरु कृष्णकुमारी राई, नारायणबहादुर मगर, बलबहादुर साम्सुहाङ र शिवनारायण गनगाइँले आफ्नो धारणा राखे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यसअघि बैठकमा समय लिएर नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले भनेअनुसार कोरोना उपचार र रोकथामको तयारी नगरेको टिप्पणी गर्नुभयो । धरानकै एकजना कोरोना सङ्क्रमित बिरामीलाई सोही प्रतिष्ठान ल्याउन १८ घण्टा समय खर्चिनु परेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उहाँले कोरोनाको विषयमा मिडिया हाउसलाई दिइने रु ५० लाखको विज्ञापन गलत छ भन्नुभयो । सचेतक कार्कीले सो रकम कोरोना उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीलाई दिनुपर्ने माग गर्दै लकडाउनमा भोक, रोग, त्रास बढ्न गई मानसिक रोगी बढेकाले यस प्रदेशमा लकडाउनको अवधिमा धेरै आत्महत्याको घटना भएकाले यसतर्फ आवश्यक कदम चाल्नुपर्ने भनाइ राख्नुभयो ।
 
    बैठकको शून्य समयमा बोल्ने सभासदहरुले मुलुकको समसामयिक विषयमा चर्चा गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सभासदहरु उपेन्द्रप्रसाद घिमिरे, नवोदिता चौधरी, पूर्णप्रसाद राई, राधा थापा, सावित्राकुमारी रेग्मी र सावित्रा जोशी सहभागी हुनुहुन्थ्यो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
–––


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x