क्वारेन्टाइनमा खान नपाउँदा गाउँपालिका घेराउ!

प्रतिकार्यात्मक तस्वीर।

दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखकाे भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन्। 

भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टाइनमा एक हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टाइनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले  नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको  जिकिर गरे।


Advertisement

गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले  खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टाइनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे। 


Advertisement

कमेन्ट गर्नुहोस्