संविधान संशोधन प्रस्तावको सूचना राजपत्रमा

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको छ। 

नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संविधान संशोधन गर्न लागेको हो। 


Advertisement

संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सर्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने व्यवस्था अनुसार आइतबार राजपत्रमा प्रकाशन भएको हो। 
संशोधन प्रस्ताव आइतबार नै प्रतिनिधिसभामा पेश भएको थियो।

संविधानको अनुसूची ३ को निशान छाप संशोधनका लागि सरकारले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो।   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्