×

NMB BANK
NIC ASIA

चीनका भगिनी शहरबाट पत्रकारलाई स्वास्थ्य सामग्री

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले  पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई दुई हजार पाँच सय सर्जिकल मास्क र दुई थर्मल गन आइतबार प्रदान गरे ।

Sagarmatha Cement
Muktinath Bank

महानगर प्रमुख जिसीले महानगरसँग भगिनी सम्बन्ध भएका चीनका शहरले दिएको स्वास्थ्य सामग्रीमध्ये केही महासंघलाई सहयोग गरिएको  बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 महानगरका उपप्रमुख तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि गठित उच्चस्तरीय समितिका संयोजक गुरुङले आवश्यकताका आधारमा ती सामग्री अन्य संघसंस्था, पोखरासँग सीमा जोडिएका गाउँपालिका, नगरपालिका र पोखराको भगिनी सम्बन्ध भएका नेपालका धरान र धनकुटालाई पनि प्रक्रिया पु¥याएर उपलब्ध गराइने बताए ।  


Advertisment
Nabil box
Kumari

चीनबाट सामग्री ल्याउन पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पलिखेले समन्वय गरेका थिए ।  महानगरपालिकाले भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री प्राप्त भएको हो ।

Vianet communication
Laxmi Bank

भगिनी शहरबाट नौ प्रकारका सामग्री पोखरा आइपुगेको छ । दश हजार सर्जिकल मास्क, तीन सय गाउन, पञ्जा, सुज कभरलगायत सामग्री आएको महानगर अन्तरराष्ट्रिय सम्बन्ध समन्वयकर्ता तथा महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार  यसअघि भगिनी शहर यिविन र गाञ्जी शहरबाट २० हजार मास्क आइसकेको र  छुचाओ शहरले पठाएको सामग्री बाटामै छ ।  सबै शहरबाट  महानगरलाई करीब ७९ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो । पोखराले चीनका हाइकाओ, नानिङलगायत शहरसँग  पनि भगिनी सम्बन्ध कायम गरेको छ । त्यसबाहेक जापानको कोमागाने, टर्कीको आडालर र  दक्षिण कोरियाको ग्यान्बुक गु शहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x