दुर्घटनाका घाइतेलाई नेपालगञ्ज अस्पतालले लिन मानेन : सांसद बस्नेत

आइतवार राति बाँकेको अघैयामा भएको माइक्रोबस दुर्घटनाका घाइतेलाई अस्पतालले भर्ना नलिएको भन्दै सांसद टेकबहादुर बस्नेतले आपत्ति जनाएका छन् । 

उनले दुर्घटनाका घाइतेको निःशुल्क उपचारका लागि सरकारको ध्यानाकर्षण समेत गराए । 


Advertisement

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर सल्यानका सांसद बस्नेतले दुर्घटनाका घाइतेलाई उपचार नगर्ने खालको अमानवीयता नदेखाउन आग्रह गरे  ।

‘भारतमा मजदूरी गर्ने सिलसिलामा आउँदै गरेका नागरिक चढेको माइक्रोबस बाँकेको अघैया भन्ने ठाउँमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र एक जनाको उपचारका गर्दा मृत्यु भएको छ’ बस्नेतले भने, ‘दुर्घटनाका घाइतेलाई नेपालगञ्ज अस्पतालले ग्रहण नगरेको कुरा आएको छ, यो अमानवीयता देखाउनु भएन । बाँकी घाइतेको उपचारका लागि सरकारले पहल गरोस् ।’
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्