×

NMB BANK
NIC ASIA

सरकारलाई विज्ञको सुझाव : विद्यालय खोल्न हतार नगरौं, महामारी झन् फैलन सक्छ

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

Muktinath Bank

केही विद्यालय संचालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन् । सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ । बिषयवस्तुको सहि मुल्यांकन गर्ने भविष्यद्रष्टा नीतिनिर्माण तहमा नहुँदा हरेक निर्णय प्रभावित हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिस्थिती
१. कोरोना संक्रमितको संख्या बढ्दो ग्राफमा छ । भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउनेको संख्या बढिरहेको छ ।
२. जुन र जुलाईमा भारत तथा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने आंकलन गरिएको छ ।
३. भारतबाट अरु ८-१० लाख नेपाली नेपाल भित्रिने आंकलन गर्न सकिन्छ ।
४. मध्यपूर्वका देशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न बाँकी छ ।
५. देशभरका अधिकांश सरकारी स्कुलहरू क्वारेन्टाइनले भरिएका छन् । अन्य लाखौँ नेपालीको आगमन हुनेबेलासम्म स्थानीय निकायले स्कुललाई क्वारेन्टाइन भवनको रुपमा प्रयोग गरिरहनेछन् ।
६. हरेक समुदायमा कोरोना संक्रमण देखिएको छ । परिक्षणको गति अत्यन्तै सुस्त छ ।
७. जनस्वास्थ्य चेतना अत्यन्तै न्यून छ ।
८. अभिभावकमा रहेको त्रास, अन्यौल घटेको छैन ।


Advertisment
Nabil box
Kumari

समाधान:
१. नेपालमा प्रति १० लाख जनसंख्यामा जम्मा ६ हजार २ सय १२ जनाको कोरोना परिक्षण भएकोमा ‘ एक परिवार : एक परिक्षण ‘ को नीति ल्याएर आक्रामक ढंगले छोंटो समयमा अधिकतम परिक्षण गर्ने । संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्ने ।
२. भारत तथा अन्य मुलुकबाट आउने नेपालीलाई आगमन बिन्दुमा सुरक्षित क्वारेन्टाइनमा राख्ने । दोस्रो हप्तापछि परिक्षण गरेर संक्रमण नभएका व्यक्तिलाई आफ्नो थातथलोमा पठाउने र होम क्वारेन्टाइनमा राख्ने । संक्रमण नभएका व्यक्तिलाई सुरक्षित तवरले आफ्नो थातथलोमा पठाउने अनि २ हप्ता होम क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउने ।
३. जनस्वास्थ्य चेतनाका प्रभावकारी सामग्री उत्पादन गरेर प्रकाशन / प्रसारण गरिरहने ।
४. भारत तथा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर जब ग्राफ घट्दै जान्छ वा फ्याल्ट रहन्छ, त्यसपछि अन्य कार्यालय, पसल, यातायात लगायत खोल्ने । यसरी लकडाउन खोलेपछि त्यसको परिणाम मुल्यांकन गर्ने । अन्य क्षेत्र खोल्दा संक्रमण बढेन भने मात्र स्कुल खोल्ने । बिचको अबधिमा स्कुलहरूले सामाजिक दुरी, सरसफाई तथा अन्य उपायको लागि भौतिक संरचनाको क्षमता बिस्तार गर्ने ।
५. भारतमा भएको एक अध्ययन अनुसार कोरोना नियन्त्रण नहुँदै स्कुल खोलेमा ९२ % अभिभावकले आफ्ना बालबालिका स्कुल नपठाउने भनेका छन् । हामीकहाँ शिक्षा मन्त्रालयले यस्तो सर्भे गर्नु राम्रो हुन्छ ।
६. कोरियाका केहि ठाउँमा स्कुल खोलेपछि बालबालिकामा संक्रमण बढेको भनेर बिद्यालय पून: बन्द गरेको समाचारले बताएका छन् । यस्तो परिस्थितिमा विद्यार्थीले संक्रमण बोकेर घर फर्किए भने जोखिम बर्गमा रहेका व्यक्तिलाई कसरी ब्यबस्थापन गर्ने भनेर स्थानीय निकायलाई प्रशिक्षित र सुसंगठित गर्नुपर्दछ ।
७. इबोला संक्रमणको बेला अफ्रिकामा ८ महिना स्कुल बन्द भएका थिए । इबोला नियन्त्रणमा आएर स्कुल खोलेपछि बाँकी ४ महिनामा कोर्स पुरा भएको थियो । यस्तो अवस्थाको लागि पनि सरकार तयार हुनुपर्छ ।
८. बिद्यार्थी भर्ना गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने, सरकार तथा निजि क्षेत्रले बिध्यार्थिलाई निशुल्क डाटा उपलब्ध गराउने, इन्टरनेटको पहुँच बढाउने तथा पाठ्यक्रम अनुसार पढाइ संचालन गर्ने ।
९. इन्टरनेटको पहुँच नभएका ठाउँमा दुर शिक्षा, रेडियो र टिभीबाट संचालन गर्ने । नबुझेको कुरा आफ्नो शिक्षकसंग फोन वा अन्य माध्यमबाट सोध्ने । यहि मोडेलमा टर्मिनल एक्जाम गर्ने ।
१०. यो महामारीमा सबै क्षेत्र आर्थिक रुपमा टाट पल्टिएका छन् । तसर्थ विद्यालयहरूले यो बर्ष बाँच्ने मात्र लक्ष्य राखेर भर्ना तथा मासिक शुल्क सकेसम्म न्यून लिने । सरकारले बिद्यालयलाई सकेसम्म अनुदान दिएर अभिभावकलाई राहत अनुभूत गराउने ।

Vianet communication
Laxmi Bank

निस्कर्ष:
नेपालमा विद्यालय छिटो खुलेमा भाद्रदेखि, अर्को परिदृश्यमा दशैंतिहारपछि तथा खराब स्थितिमा अर्थात जाडो सुरु हुने बेलाको मौसमी रुघाखोकीमा कोरोना भाइरस मिसिएमा वा विश्व स्वास्थ्य संगठनले भनेझैँ कोरोना संक्रमणको तेस्रो वेभ आएमा आगामी चैत्रदेखि बिद्यालय खोल्ने परिस्थिति पनि हुनसक्छ । तसर्थ बैकल्पिक अध्ययनका उपाय अबलम्बन गरेर पढाइ जारी राख्नु सर्बोत्तम बिकल्प हो ।

हाम्रो आशा र अभियानले कोरोना संक्रमण छिटो नियन्त्रण भएमा आफ्ना बालबालिकालाई छिटो स्कुल पठाउन हामी अभिभावक सधै अग्रसर हुनेछौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x