×

NMB BANK
NIC ASIA

अमेरिकालाई विफल तुल्याउँदै इरानको तेल ट्यांकर पुग्यो भेनेजुएला

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इरानको पाँचवटा तेल ट्यांकरमध्येको अन्तिम ट्यांकर क्लाभेल भेनेजुएला पुगेको छ । 

Muktinath Bank

आइतवार पाँचौं ट्यांकर भेनेजुएला पुगेर १५ लाख ब्यारलभन्दा बढी तेल लग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेनेजुएला र इरान दुवै देशलाई अमेरिकाले कठोर प्रतिबन्ध लगाएको छ र भेनेजुएलालाई तेल दिने इरानको प्रयास बिथोल्न अमेरिकाले कोशिश पनि गरेको थियो । 


Advertisment
Nabil box
Kumari

अघिल्लो साता भेनेजुएलाको सेनाले फोर्चुन, फरेस्ट, फाक्सोन र पेटुनिया नाम गरेका चार ट्यांकरलाई सुरक्षा दिँदै आफ्नो देश पुर्‍याएका थिए । 

Vianet communication
Laxmi Bank

फरेस्ट ट्यांकरबाट तेल खन्याइसकिएको छ । मरिन ट्राफिको तथ्यांकअनुसार, उक्त ट्यांकरले तेल खन्याएपछि बन्दरगाहबाट आइतवार अपराह्न अज्ञात ठाउँतिर गएको छ । 

वाशिङटनले इरानी ट्यांकरलाई भेनेजुएला पुग्न सहायता नगर्न यसअघि चेतावनी दिएको थियो । 

ह्वाइट हाउसले स्पष्ट रूपमा टयांकरहरूलाई रोक्ने नभने पनि अमेरिकाका लागि इरानका राजदूतले ट्यांकरहरूमाथि अमेरिकी सेनाबाट खतरा रहेको बताएकमा थिए । तेहरानले यी ट्यांकरहरूमा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो र हस्तक्षेप गर्दा त्यो सामुद्रिक डकैती तथा अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा भएको बताएको थियो । 

भेनेजुएलामा विशाल तेलखानी भए पनि तेल प्रशोधन गर्ने उसको क्षमता सीमित छ र अमेरिकी प्रतिबन्धका कारण उसको ऊर्जा संकट थप चर्किएको छ । प्रतिबन्धले उक्त देशको तेल उद्योगलाई निकै असर पारेको छ र त्यसैले गर्दा राजस्व संकलनमा पनि समस्या आइलागेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x