घर भत्किँदा ४ जना घाइते, चट्याङले अस्पतालमा क्षति

हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारका २ घर भत्किँदा ४ जना घाइते भएका छन् ।

वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा स्थानीय बुधावा सदायका ४५ वर्षीया पत्नी फुनियाँदेवी, १४ वर्षीया छोरी, ११ र ८ वर्षीय २ छोरा घाइते भएको वडाध्यक्ष नागेश्वर गोइतले जानकारी दिए । चारै जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । 


Advertisement

ती परिवारलाई तत्काल बस्ने, खाने व्यवस्था मिलाउने कार्य भइरहेको उनले बताए ।

वर्षासँगै सोमवार परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा करीब १० लाखभन्दा बढीको क्षति भएको छ । 


Advertisement

अस्पतालको छतमा रहेको सिसी क्यामेरा र इन्टरनेट वाइफाइको राउटर जल्नाका साथै ४ थान कम्प्युटर, इन्भटर तथा एक्सरे मेसिनमा क्षति पुगेको अस्पतालका मेसु डा. सुनिलकुमार कुशवाहाले जानकारी दिए । अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्