विष खाएर मानिसले गरे आत्महत्या, मानिसलाई खाएर मर्‍यो चितुवा

भारतको गुजरातस्थित जूनागढमा अनौठो घटना सार्वजनिक भएको छ । 

त्यहाँ एक व्यक्तिले विष खाएर आत्महत्या गरे । उनको शव गिरको जंगलमा आधा चपाइएको अवस्थामा फेला पर्‍यो । शव नजिकै एक चितुवाको लाश पनि देखियो । 


Advertisement

पोस्टमार्टम गर्दा थाहा भयो, विष खाएर मरेका मानिसको शव खाएपछि नै चितुवाको मृत्यु भएको रहेछ । 

जूनागढका डेप्युटी कन्जर्भेटर डा एक के बरवालले भने, ‘जूनागढबाट लगभग एक घन्टा टाढा जंगलमा वन विभागको टोलीले बिहान गश्ती गरिरहेको थियो । उक्त क्षेत्रको प्रसिद्ध धार्मिक स्थल दातारमा उनीहरूलाई अनौठो गन्ध आयो । अनुसन्धान गर्दा एक अज्ञात व्यक्तिको लाश भेटियो । लाश आधा चपाइएको अवस्थामा थियो । वन विभागले जूनागढ प्रहरीलाई खबर दियो ।’


Advertisement

प्रहरी त्यहाँ पुगेर शव नियन्त्रणमा लिँदै वरिपरि हेर्दा अलि पर चितुवाको लाश देख्यो । व्यक्तिको कपडाको गोजीबाट विष भेटिएपछि प्रहरीलाई सबै कुरा छर्लंग भयो ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्