×

NMB BANK
NIC ASIA

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?

Sagarmatha Cement
Muktinath Bank

भारतको नाम सम्बन्धी चाखलाग्दो इतिहास छ । प्राचीनकालमा महाराजा भरतले सम्पूर्ण भारतलाई विस्तार गरेका कारण उनको नामबाट ‘भारत’ रहन गएको बताइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यकालमा तुर्क र ईरानीहरू भारत प्रवेश गर्दा सिन्धु घाटी भएर आए । उनीहरू ‘स’लाई ‘ह’ उच्चारण गर्थे, तसर्थ सिन्धु अपभ्रंश भएर हिन्दू रहन गएको भनाइ भारतमा रहेको छ । उनीहरूले त्यहाँका वासिन्दाहरूलाई ‘हिन्दू’ भनेर सम्बोधन गरे र हिन्दूको देशलाई ‘हिन्दुस्तान’ नाम दिइयो ।


Advertisment
Nabil box
Kumari

सिन्धु नदीलाई ‘इन्डस’ नदी पनि भनिन्छ । सिन्धु नदीको किनारमा विकसित सभ्यतालाई सिन्धु घाटी सभ्यता भनिन्छ । भारत आउने विदेशीले सिन्धु नदीलाई ‘इन्डस’ नाम दिए । सिन्धु सभ्यताको कारण भारतको पुरानो नाम ‘सिन्धु’ पनि थियो, जसलाई ग्रीकमा इन्डो वा इन्डस पनि भनिन्थ्यो । यस शब्दलाई ल्याटिन भाषामा ‘इन्डिया’ भनिन्छ ।

Vianet communication
Laxmi Bank

जब ब्रिटिशहरू भारत आए, त्यसबेला भारतलाई हिन्दूस्तान भनिन्थ्यो । यद्यपि उनीहरूलाई हिन्दूस्तान भन्न समस्या भयो । त्यसपछि ब्रिटिश शासनको क्रममा ‘इन्डिया’ नाम प्रचलनमा आयो र विश्वभर धेरै प्रख्यात भयो । 

सन् १९४७, १४–१५ अगस्तको मध्यराति भारत स्वतन्त्र हुँदा संविधान र कानूनको निर्माण भइरहेको थियो । संविधान सभामा देशको नाममाथि प्रश्न उठ्दा थुप्रै विकल्पमा बहस भयो । जसमा भारत, हिन्दूस्तान, इन्डिया, हिन्द जस्ता विकल्पमा छलफल भयो ।

संविधान मस्यौदा समितिका अध्यक्ष डा. भीमराव अम्बेडकर देशको नाममा छिट्टै सहमति होस् भन्ने चाहन्थे । तर यसमा लामो बहस भयो । 

भारत उत्तरमा कश्मीरदेखि दक्षिणको कन्याकुमारीसम्म फैलिएको छ । संविधान सभामा प्रत्येक क्षेत्र र हरेक भाषाका मानिसहरू बसिरहेका थिए । हिन्दीलाई आधिकारिक भाषा मान्नेमा पहिले नै धेरै विवाद भएको थियो ।

यस्तो अवस्थामा संविधानको धारा १ मा लेखियो – इन्डिया अर्थात् भारत राज्यहरूको संघ हुनेछ ।

संविधानमा राष्ट्रिय गान र झण्डाको निर्णय भइसकेको थियो । देशमा ‘भारत माता की जय’को नारा लगाउने निर्णय गरियो । महात्मा गान्धीको नेतृत्वमा देशलाई स्वतन्त्रता आन्दोलनमा एकसाथ ल्याउनका लागि भारतले ‘भारत माता की जय’ भन्ने गरेको थियो ।

भारतीय सञ्चारमाध्यमको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x