×

NMB BANK
NIC ASIA

बिरुवाको जरा जमिनमुनि हुन्छ, तर देखिँदैन । त्यो नदेखिने जरा भनेको मानव जीवनमा मन हो । जरा बलियो भयो भने काण्ड बलियो हुन्छ । काण्ड भनेको भौतिक शरीर हो, अर्थात् मन बलियो भयो भने शरीर बलियो हुन्छ । जरा र काण्ड बलिया भएमा हाँगा बलिया हुन्छन् । हाँगा भनेको कर्म हो । जसको मानसिक स्वास्थ्य राम्रो हुन्छ, उसको शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ । जब शारीरिक स्वास्थ्य राम्रो हुन्छ, उसको सामाजिक स्वास्थ्य राम्रो हुन्छ । समाजमा उसले विभिन्न क्रियाकलाप गर्न सक्दछ । पात, फूल र फल उत्पादन हुन् । जब मान्छेको सामाजिक स्वास्थ्य राम्रो हुन्छ, उसले एक्लै वा समूहमा मिलेर उत्पादनशील काम गर्न सक्दछ । त्यो काममा फूलको जस्तै सुवास हुन्छ, फल जस्तै मीठो स्वाद हुन्छ अनि बियाँजस्तै भविष्यका लागि संग्रह हुन्छ ।

Muktinath Bank

अहिले विश्वमा कोरोना संक्रमणको कारण ठूलो क्षति भएको छ । धेरै उद्योग डुबेका छन्, व्यवसाय डुबेका छन्, रोजगारी गुमेको छ, क्यारियर डुबेको छ, कमाइ डुबेको छ । यो केबल मेरो, हाम्रो वा तपाईंको मात्र डुबेको छैन । अहिलेको अवस्थामा सबैभन्दा ठूलो कुरा बाँच्नु हो । अहिले बाँच्यौं, बचायौं भने यो रात्रि ढलेपछि हामी सबैले मेहेनत गर्नेछौं, आफ्नो क्यारियर, व्यवसाय, व्यापार, पेशा, कमाई सबै प्राप्त गर्नेछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो संकटपछिका हाम्रा काम पहिलेभन्दा निकै परिष्कृत हुनेछन्, योजनाबद्ध हुनेछन् अनि थप मानवीय हुनेछन् । भौतिक सम्पन्नता मात्र विकास होइन रहेछ भन्ने हामीले पाठ सिकेका छौं । यदि भौतिक विकास सर्वस्व हुन्थ्यो भने अहिले विकसित देशको यो कारुणिक हालत हुने थिएन, धनी र शक्तिशाली मान्छे घरभित्र कैद हुनुपर्ने थिएन तथा उच्च पदका मान्छे यति निरीह हुनुपर्ने थिएन ।


Advertisment
Nabil box
Kumari

अबको विकास भनेको भौतिक विकाससहित मानसिक र सामाजिक विकास हुनेछ । पैसाका लागि मान्छेले भोक बेच्ने छैन, निद्रा बेच्ने छैन, प्यास बेच्ने छैन अनि सुखको लिलाम गर्ने छैन । जीवनको क्षणभंगुरता सिकाएको यो कोरोना महामारीले हामीलाई मुख छोपेर हिँड्ने बनाएको छ, मान्छेसँग तर्केर हिँड्ने बनाएको छ, अनि आफ्ना हातलाई धोइरहने बनाएको छ । अनुभव, अनुभूति र क्रियाकलाप अस्वस्थ भएपछि मुख छोप्नु, मान्छेसँग डराउनु तथा हात धोइरहनु पर्छ नै ।

Vianet communication
Laxmi Bank
स्पेनिश फ्लु महामारीको समयमा ६० लाख व्यक्तिको मृत्यु डर र चिन्ताको कारण भएको थियो । यदि मन दह्रो गरेर महामारीको सामना गरेको भए उनीहरूको मृत्यु हुने थिएन । हरेक महामारी तथा प्राकृतिक विपत्तिमा आत्महत्या गर्नेको संख्या बढेको हुन्छ । जब व्यक्तिले विकल्प देख्दैन, उसले आत्महत्याको बाटो रोज्दछ ।

कोरोना शासनको अवधिमा विश्वका अर्बौं मान्छेको मन भत्किएको छ । राजनीतिकर्मीदेखि चिकित्सक, नर्स, व्यवसायी, सुरक्षाकर्मी, संक्रमित व्यक्ति, स्वस्थ्य व्यक्ति तथा सानोठूलो जीविका गुमेका धेरै व्यक्तिले आत्महत्या गरेका छन् । विश्वमा करोडौं मान्छेहरू मानसिक चिन्ता तथा डिप्रेसनको शिकार भएका छन् । आत्महत्याको प्रमुख कारण नै डिप्रेसन हो ।

आत्महत्या समस्याको शुरूवात हो, समाधान हैन । यसले परिवार तथा समाजलाई दिने पीडा अकल्पनीय हुन्छ । कोरोना जस्तो ३% मात्र मृत्युदर भएको रोगसँग हामी यतिविधि डराउनु जरुरी छैन । विश्वमा अन्य दर्जनौं रोग तथा अवस्था छन् जसको कारण मृत्यु हुनेको संख्या कोरोना संक्रमणको भन्दा धेरै छ । यो वैश्विक महामारी भएकाले तथा मिडियामा ठूलो स्थान पाएकोले हामीमा डर आयात भएको हो । आयातित डरसँग तर्सिनु भनेको आत्मबल कमजोर हुनु हो । कमजोर आत्मबल मानसिक समस्याको जरो हो । त्यसो त डर भनेको हुँदै नभएको कुरामा आत्तिने मनोविज्ञान हो, किनकी डर वर्तमानमा हुँदैन । यो भविष्यकालसँग जोडिएको हुन्छ ।

भोलि कोरोना लाग्छ कि ? मरिन्छ कि ? भोलि कमाइ हुन्न कि ? खान नपाएर मरिन्छ कि ? व्यवसाय चल्दैन कि ? यी डर केबल अनुमान हुन् । आउँदै नआएको डरसँग डराउनुभन्दा भोलिका लागि योजना बनाउनु राम्रो हुन्छ । कुनै पनि व्यक्ति त्यही पेशाका लागि जन्मेको हुँदैन । हामी सबै आफ्नो पेशा परिवर्तन गर्न स्वतन्त्र छौं । भोलि रेस्टुरेन्ट चलेन भने हामीले जग्गा लिजमा लिएर अर्ग्यानिक खेती गर्न सक्छौं । ट्राभल एजेन्सी चलेन भने अनलाइन व्यापार गर्न सक्छौं । एजुकेसन कन्सल्टेन्सी चलेन भने भर्चुअल क्लासको नयाँ मोडेल शुरू गर्न सक्छौं । म्यानपावर चलेन भने ट्रक भाडामा लिएर गाउँको उत्पादन किनेर बजारमा बेच्न सक्छौं । आवश्यकता नै आविष्कारको जननी हो । हजार विकल्प जब अस्ताउँछन्, लाखौं विकल्पको जन्म हुन्छ ।

स्पेनिश फ्लु महामारीको समयमा ६० लाख व्यक्तिको मृत्यु डर र चिन्ताको कारण भएको थियो । यदि मन दह्रो गरेर महामारीको सामना गरेको भए उनीहरूको मृत्यु हुने थिएन । हरेक महामारी तथा प्राकृतिक विपत्तिमा आत्महत्या गर्नेको संख्या बढेको हुन्छ । जब व्यक्तिले विकल्प देख्दैन, उसले आत्महत्याको बाटो रोज्दछ । हरेक अवस्थामा विकल्प उत्पादन गर्नु, विकल्पको योजना बनाउनु तथा आगतका लागि आफू तयार हुनुजस्ता बानीको विकास गर्ने हो भने चिन्ता, तनाब, डिप्रेसन तथा आत्महत्याको निर्णयमा पुग्नु पर्दैन ।

यो कोरोनाको महामारीले  मास्क, स्यानिटाइजर, पीपीई, टिस्यु पेपर हामी आफैंले बनाउन सक्ने रहेछौं भन्ने प्रमाण दिएको छ । भोलिका दिनमा हुने हरेक अभावलाई यसै गरेर भावमा बदल्न सकिन्छ । यसका लागि दह्रो आत्मविश्वास, समर्पण तथा मेहेनतको आवश्यकता पर्दछ ।

निश्चय पनि यो २-३ वर्ष पहिलेभन्दा कठीन हुनेछ । भनिएको छ, भ्रष्ट राजनीतिज्ञ, भ्रष्ट कर्मचारी तथा कालोबजारी बाहेक कसैले पनि आगामी २-३ वर्ष कमाउन सक्ने छैनन् । विश्वप्रख्यात कम्पनी अलिबाबाका मालिक ज्याक माले भनेका छन्– यो २ वर्ष संसारमा कसैको पनि कमाइ हुनेछैन । यो २ वर्ष हामीहरू मानवताले ओतप्रोत भएर काम गर्नु जरुरी छ । यो महामारीमा दु:ख गरेर जीवन धान्नेहरू स्वस्थ र समानित जीवन बाँच्नेछन् भने भ्रष्ट्राचारी तथा कालोबजारी चिन्ता, डर, असुरक्षाबोध, शंका तथा डिप्रेसनको शिकार हुनेछन् । प्रकृतिले यो प्रकारको सन्तुलन सधैँ मिलाएको पाइन्छ ।

नेपालजस्तो विविधताले युक्त देशमा विकल्पका धेरै मुहान छन् । खर्च धान्ने अवस्था भएन भने शहरमा नै बस्नुपर्छ भन्ने छैन । गाउँमा गएर खेतीपाती तथा पशुपालन गरेर आनन्दको जीवन बिताउन सकिन्छ । हिमाली फलफूल तथा अनाज शहरमा र शहरका बिकाउ सामान हिमाली प्रदेशमा पुर्‍याएर मनग्गे आम्दानी गर्न सकिन्छ । गाउँका तरकारी, फलफूल, दुध, घ्यु, मह, खसी, कुखुरा, अण्डा आदिलाई बजारीकरण गर्न सकिन्छ । गाउँमा  जडिबुटी, चिया, कफी, मरमसला उत्पादन गरेर शहरमा पुर्‍याउन सकिन्छ । कृषि एम्बुलेन्स चलाउन सकिन्छ । तराईको चामल, दाल, तेल, आँप, नरिबल आदिलाई पहाडमा बेच्न सकिन्छ भने पहाडका सुन्तला, कागती, स्याउ आदिलाई तराइमा लगेर बेच्न सकिन्छ । आधुनिक खेतीका बिउ, प्रविधि तथा रासायनिक मलको व्यापार निकै राम्रो छ । कृषि तथा भेटेरिनरी सामग्रीको तराईमा उच्च माग छ ।

देश आत्मनिर्भरको बाटोमा अग्रसर हुनुपर्दछ । यसका लागि विदेशमा सिकेका सीप, ज्ञान तथा अनुभव आफ्नो राष्ट्रको लागि उपयोग गरेमा व्यक्ति तथा समाज लाभान्वित हुन्छ । यो कोरोनाको महामारीले  मास्क, स्यानिटाइजर, पीपीई, टिस्यु पेपर हामी आफैंले बनाउन सक्ने रहेछौं भन्ने प्रमाण दिएको छ । भोलिका दिनमा हुने हरेक अभावलाई यसै गरेर भावमा बदल्न सकिन्छ । यसका लागि दह्रो आत्मविश्वास, समर्पण तथा मेहेनतको आवश्यकता पर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x