×

NMB BANK
NIC ASIA

खाली गराइयो प्रदेशकै नमूना क्वारेन्टाइन, आइसोलेसनमा रूपान्तरण गर्ने तयारी

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश २ सरकारले सञ्चालन गरेको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी थालिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सामाजिक विकास मन्त्रालयले धनुषाको नगराइन नगरपालिका वडा नम्बर ५ गंगुलीमा चैत्र १४ गतेदेखि प्रदेशस्तरीय कोभिड– १९ क्वारेन्टाइन सञ्चालनमा ल्याएको थियो । जेठ १९ गतेदेखि उक्त क्वारेन्टाइनलाई खाली गराइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्वारेन्टाइन संयोजक सन्तोषकुमार ठाकुरकाअनुसार हालसम्म २२ जना महिला तथा १९९ जना पुरुष गरेर कुल २२१ जना मानिस भर्ना भएका थिए । 


Advertisment
Nabil box
Kumari

३४ जना भारतीय नागरिक रहेकोमा ३० जना पुरुष र ४ जना महिला, १८७ जना नेपाली नागरिक रहेकोमा १६९ जना पुरुष तथा १८ जना महिला रहेका थिए । १९१ जना हिन्दू तथा ३० जना मुस्लिम धर्मका थिए । 

Vianet communication
Laxmi Bank

क्वारेन्टाइनमा रहेका कुल २२१ जनामध्ये ९ जनामा कोरोना पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा भर्ना गराइएको थियो, नेगेटिभ रिपोर्ट आएका ११२ जनालाई डिस्चार्ज गरेर आ–आफ्नो घर पठाइएको छ ।

उक्त क्वारेन्टाइनमा सबैभन्दा पहिले वैशाख ३१ गते महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १० धमौराका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि जेठ ४ गते नगराइन नगरपालिका वडा नम्बर ९ घोरघासका २ जनामा कोरोना संक्रमण पाइएको थियो । 

जेठ ५ गते जनकपुरधाम उपमहानगर वडा नम्बर ६ र २१ का २ जनामा पोजेटिभ देखिएको थियो । जेठ १२ गते क्वारेन्टाइनमा ड्युटी गर्ने इलाका प्रहरी कार्यालय फुलगामाका १ जना प्रहरी सहायक निरीक्षक र १ जना प्रहरी जवान तथा फूलगामाका १ जना युवकमा समेत कोरोना संक्रमण पाइएको थियो ।

जेठ ५ गतेसम्ममा कुल ८ जनामा संक्रमण देखिएपछि क्वारेन्टाइनलाई सिल गरिएको थियो । १२० शय्याको क्वारेन्टाइन रहेको भएपनि सिल हुँदा ८६ जना मानिस क्वारेन्टाइनमा थिए ।

‘सिल गरेपछि नयाँ कुनैपनि मानिसलाई भर्ना गरेनौं, न कसैलाई भित्र आउन दियौं, न त कसैलाई बाहिर जान दियौं,’ क्वारेन्टाइन संयोजक ठाकुरले लोकान्तरसँग भने,‘ संक्रमितहरू बसेको कोठालाई स्यानिटाइज गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइनभित्रका मानिसहरूको थप एकपटक स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठायौं ।’ 

त्यसपछि फेरि जेठ १७ गते नगराइन नगरपालिका वडा नम्बर १ खड्काटोलका एक युवामा कोरोना पोजेटिभ पाइयो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइयो । यता नेगेटिभ रिपोर्ट आएका मानिसहरूलाई क्वारेन्टाइन आएको १४ दिनपछि मात्र डिस्चार्ज गरियो । सोहीअनुसार जेठ १७ गते ४९ जनालाई, जेठ १८ गते ११ जनालाई र जेठ १९ गते २० जनालाई डिस्चार्ज गरिएको ठाकुरले बताए । 

जेठ २० गतेदेखि क्वारेन्टाइन पूर्णरूपमा खाली भएको छ ।

‘अब क्वारेन्टाइनलाई स्यानिटाइज गरेर १०० शय्याको आइसोलेसन निर्माण गर्नका लागि पूर्वाधार बनाउने काममा लागेका छौं,’ ठाकुरले भने ।

सेनाको सहयोगमा व्यवस्थापन

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित श्रीनाथ गणका सेनानी भरत पुलामी मगरको कमाण्डमा खटिएका २४ जना नेपाली सेनाको टोलीले क्वारेन्टाइनका लागि पूर्वाधार बनाउनेदेखि लिएर सुरक्षा दिने, क्वारेन्टाइनमा बसेकाहरूलाई खाना पकाएर खुवाउने काम गरेका थिए । 

मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा बनाइएको उक्त क्वारेन्टाइनमा महिला, पुरुष, अपाङ्गता भएका व्यक्तिका लागि समेत छुट्टाछुट्टै कोठा छुट्याइएको थियो । तीनतले उक्त भवनमा कुल २६ वटा कोठाहरू रहेकोमा तलको फ्ल्याटमा महिला तथा अपाङ्गता भएका व्यक्तिलाई राख्ने गरिन्थ्यो ।

‘बीचको तल्लामा स्वाब संकलन गरेर परीक्षणको रिपोर्ट आउन बाँकी रहेका मानिसलाई राखिन्थ्यो,’ क्वारेन्टाइन संयोजक ठाकुरले भने, ‘रिजल्ट पोजेटिभ आउने मानिसलाई आइसोलेसनमा पठाइन्थ्यो भने नेगेटिभ आउने मानिसहरूलाई माथिको तेस्रो तल्लामा पठाइन्थ्यो ।’ सामाजिक दूरी कायम गर्दै एउटा कोठामा २ देखि ६ वटासम्म शय्या लगाइएको थियो ।

‘आवश्यक सामग्री सेनाले माग गथ्र्यो, उक्त सामानको सूची हामीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन केन्द्रले आपूर्तिकर्ता उपेन्द्र साहमार्फत आपूर्ति गराउने गरेको थियो,’ ठाकुरले भने, ‘अहिलेसम्म मोटामोटी २५ लाख रुपैयाँ जति खर्च भएको छ ।’

दुई समय खाना र दुई समय खाजा समेत सेनाले दिने गरेको थियो । बिहान खाजामा दूध, चिया, पाउरोटी, १० बजे दिनको खानामा दाल, भात, २ वटा तरकारी तथा सलाद, दिउँसो फेरि चिया र बिस्कुट, राति ८ बजे फेरि खाना दिने गरिन्थ्यो । मुख्य कुरा के थियो भने मुस्लिम समुदायका मानिसहरूले रमजान पर्वमा रोजा (उपवास) बस्दा समेत उनीहरूलाई बिहान ३ बजे नै नेपाली सेनाले खाना पकाएर दिने गरेको ठाकुरले बताए । बेलुका रोजा खोल्दा समेत फलफूल तथा नमकिन भुजिया समेत दिने गरिएको थियो ।

क्वारेन्टाइनमा २ बालक र ३ बालिका समेत थिए । बालबालिकाका लागि समेत हर्लिक्स, सेरेलेक लगायतका खाने सामग्री दिने गरिएको थियो ।

महिलालाई डिग्नीटी किट

क्वारेन्टाइनमा बस्ने महिला तथा पुरुषलाई पोशाकसहित विभिन्न सामग्री दिने गरिएको थियो । महिलालाई साडी, साया, ब्लाउज, म्याक्सी, अण्डर वेयर, स्यानेटरी प्याड, नेलकटर सहितको डिग्नीटी किट दिएको ठाकुर बताउँछन् ।

त्यसैगरी पुरुषलाई पनि हाफ पाइन्ट, भेस्ट तथा बालबालिकाका लागि समेत पोशाक दिने गरिएको थियो । २ वटा डिटोल साबुन, कपडा धुने साबुन, स्यानिटाइजर, ब्रस, टूथपेस्ट, मास्क सहितका सामग्री पुरुष–महिला सबैलाई दिने गरिएको थियो । प्रत्येक बेडमा तन्ना, म्याट्रेस, झुल, ब्लयांकेट, बाल्टी, थाली, गिलास सहितका सामान दिइएको थियो । त्यसबाहेक चप्पल नभएकालाई चप्पल समेत किनेर दिने गरिएको उनले बताए ।

संयोजक ठाकुरको नेतृत्व

प्रदेश सरकारले क्वारेन्टाइन सञ्चालन गर्दा शुरूमा सामाजिक विकास मन्त्रालयका खोप अधिकृत लक्ष्मेश्वर झालाई क्वारेन्टाइन संयोजक बनाएको थियो । तर, उनले त्यति राम्रो तरिकाले सञ्चालन गर्न सकेनन् ।

अनि मन्त्रालयले एक सातापछि स्वास्थ्य निरीक्षक ठाकुरलाई संयोजक बनाएर पठायो । बाढी, झाडा पखाला, डेंगु लगायतका महामारीमा विगतमा पनि कुशल तरिकाले नेतृत्व गरेको अनुभवका कारण उनलाई पठाइएको थियो ।

२ वर्षअघि महोत्तरीको नैन्ही गाउँको मुस्लिम बस्तीमा झाडापखालाको महामारी फैलिएको बेला महामारी नियन्त्रण गर्न स्वास्थ्य कार्यालय महोत्तरीले उनकै नेतृत्वमा स्वास्थ्यकर्मीको टोली पठाएको थियो । ३०० जनामा झाडापखाला लाग्दा २ जनाको मृत्युसमेत भएको थियो ।

‘त्यहाँ एउटा मदरसामा क्याम्प सञ्चालन गरेर बिरामीहरूलाई स्लाइन पानी चलाउनेदेखि सिकिस्त बिरामीलाई जिल्ला अस्पताल जलेश्वर पठाउने गरेका थियौं,’ ठाकुरले सम्झिए, ‘१४ दिनसम्म दिनरात शिविर सञ्चालन गरेर उक्त महामारीलाई नियन्त्रणमा लिन सफल भएका थियौं ।’

त्यसै गरेर २०७४ भदौमा महोत्तरीकै बर्दिबासमा ८४७ जनामा डेंगु रोगको संक्रमण फैलिँदा समेत विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेर नियन्त्रणमा लिइँदा समेत उनी परिचालित भएको बताउँछन् । 

बाढी आउँदा समेत बाढीप्रभावित क्षेत्रमा पटक–पटक स्वास्थ्य शिविर सञ्चालन गरेको अनुभवका कारण पनि कोभिड १९ क्वारेन्टाइनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकिएको उनले बताए ।

प्रदेश २ का विभिन्न जिल्लाका स्थानीय तहले सञ्चालन गरिरहेका क्वारेन्टाइनमा थुप्रै बेथिति रहेको, खानपिन तथा बसोबासमा समेत व्यापक समस्या रहेको तथा कमी कमजोरी रहेको भनेर गुनासाहरू बहिर सार्वजनिक भइरहेको बेलामा उक्त क्वारेन्टाइनको व्यवस्थापन भने धेरै नै राम्रो रहेको थियो ।

नगराइन नगरपालिका र मुखियापट्टि मुसहरनिया गाउँपालिकाले प्रत्येक दिन स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पठाउने गथ्र्यो । ३ शिफ्टमा ती स्वास्थ्यकर्मीहरू खटिने गरेका थिए ।

(यो रिपोर्ट फ्रीडम फोरमको सहकार्यमा तयार पारिएको हो ।)
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x