×

NMB BANK
NIC ASIA

अब सवारी पासका लागि नयाँ नियम, निवेदन इमेलमार्फत

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा यसअघि लिइएको १ हप्ता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न पाउनेछन् । निलो रंगको पास मात्रै मान्य हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही १७ गतेको मन्त्रिपरिषद् बैठकले मंगलवारसम्म तोकिएको बन्दाबन्दीको अवधि थपेर ३२ गतेसम्म जारी राख्ने निर्णय गरिसकेको छ । थपिएको अवधिमा अन्योलता सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले मान्यता पाउने र मान्यता नपाउने सवारी पासको बारेमा मंगलवार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  


Advertisment
Nabil box
Kumari

संघसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ । सवारी पासका लागि कार्यालयमा भीडभाड हुँदा संक्रमण फैलिन सक्ने भन्दै यसपालि भने पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमार्फत लिइने भएको छ । यसका लागि [email protected] मा पठाउनुपर्नेछ । पास बनेको जानकारी भएपछि मात्रै कार्यालयमा आउन आग्रह गरिएको छ ।

Vianet communication
Laxmi Bank

एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री औद्योगिक कच्चा पदार्थ तथा तयारी कृषिका मालवस्तु पेट्रोलियम पदार्थ, ग्यास, खानेपानी ढुवानीका सवारीलाई भने पास चाहिने छैन । यस्तै सबै प्रकारका खाद्यवस्तु, पशुपक्षी आहार, खसीबोका, दूध तथा दुग्धजन्य एवं निर्माण सामग्री बोक्ने सवारीलाई समेत पास चाहिने छैन तर ती सवारीले यात्रु बोकेमा भने कारवाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार उपत्यका भित्रिने नाकामा भने सवारी आवागमनमा पूर्ण कडाइ गरिएको छ । माथि उल्लेखित बाहेकका सवारी तथा पैदल यात्रुलाई भने उपत्यका प्रवेशमा रोक लगाइएको छ । 

निर्माण सामग्री बोकेका गाडी भने राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने यसअघिको व्यवस्थालाई कायम गरिएको छ । सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमणका दृष्टिले मुलुक पनि जोखिम परेको भन्दै गत चैत ११ गतेबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । 

यसअघि गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि परिपत्र जारी गर्दै काठमाडौं उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरुपमा सील गर्न भनिसकेको छ । लुकीछिपी हुने प्रवेशलाई समेत रोक्न आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरूले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पाटीप्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्यस्थललाई क्वारेन्टाइन बनाउन र क्वारेन्टाइनमा बस्ने व्यक्ति स्वयंले क्वारेन्टाइन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउन पनि भनिएको छ । 

गृहले काठमाडौं उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी गरी सोको रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने निर्णय गरिसकेको छ ।

भित्री सडकमा भीडभाड कायमै, गाडीको चाप बढ्यो 

काठमाडौंको भित्री सडक तथा गल्लीमा भने मानिसको भीडभाड कायमै छ । त्यहाँ सामाजिक दूरीसमेत कायम गरेको पाइएको छैन । पछिल्लो समयमा उपत्यकामा पनि साना सवारी र मोटरसाइकलको चाप बढ्दो छ । पैदलयात्रु समेत बढिरहेको पाइन्छ । मुख्य सडक, गल्ली तथा भित्री सडकमा अनावश्यक भीडभाड भएको पाइएकाले सचेत हुन स्थानीय प्रशासनले अनुरोधसमेत गरेको छ । भित्री सडकमा बिहान १० बजेसम्म अत्यावश्यक वस्तु खरिदका लागि खुला गर्ने गरिएको छ । त्यसपछि प्रहरीले स्थानीयलाई हटाउने र पसल बन्द गर्दै आएका छन् तर प्रभावकारी हुन सकेको छैन ।

संक्रमणदर बढ्दै गएकाले सरकारले बन्दाबन्दीको अवधि थप्दै आएको छ भने विकास निर्माण तथा औद्योगिक क्षेत्रको कामकारवाहीमा खुकुलो बनाउँदै आएको छ तर आवागमनमा भने अझै कडाइ गर्नुपर्ने अवस्था रहेकाले बन्दाबन्दी कायमै राखिएको हो । मुलुकमा कोभिड–१९ का कारण हालसम्म ८ जनाले ज्यान गुमाएका छन् भने २ हजार भन्दा बढीमा संक्रमण देखिइसकिएको छ । पछिल्ला केही दिनमा भने ३ अंकको संक्रमण वृद्धिदर छ । 

मुख्यगरी भारतको खुला सीमाका कारण सीमावर्ती जिल्लामा लुकीछिपी मानिस प्रवेश गर्दा बढी संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो चरणमा सरकारले परीक्षणको दायरा बढाउँदै लगेको र क्वारेन्टिनको क्षमतासमेत बढाउँदै लगेको जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ रोग नियन्त्रणका लागि चाहिने बजेटको कुनै कमी नहुने बताइसकेका छन् । – नारायण ढुङ्गाना/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x