कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जेठ २०, २०७७
कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त बनेको बेला नेपाल पनि अछुतो रहेन । सम्पुर्ण तहका सरकारहरुको साझा चासोको विषयमा कोरोना नियन्त्रण तथा रोकथाम रहनुको साथै केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरुका नियमित कामकारवाहीहरुले गति लिइरहेका छन् ।
स्थानीय सरकारहरु आ–आफ्नो गाउँपालिका तथा नगरपालिकाहरुमा योजना निर्माणको चरणमा रहेका छन् भने अर्कातर्फ कोरोनाको प्रतिकार्यको काम चलिरहेको बखतमा बालबालिकाका संरक्षण सम्बन्धी विभिन्न घटनाक्रमहरु बढ्दो रुपमा रहेका छन् ।
वर्ल्ड भिजनले प्रदेश २ र ५ का ६ जिल्लामा हालै ७ सय ६१ सहभागीसँग गरेको एक मूल्यांकन (र्यापिड एसेसमेन्ट) अनुसार बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार आठ प्रतिशतले वृद्धि भएको छ भने ६० प्रतिशत परिवारले आफ्ना पाँच वर्ष मुनिका बालबालिकाको दैनिक आहार जुटाउन समस्या भएको बताएका छन् ।
यही सन्दर्भमा गाउँपालिका राष्ट्रिय महासंघ र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा बालबालिकाको संरक्षण र सहभागिता विषयक अनलाइन छलफल कार्यक्रम जेष्ठ १४, १६ र १९ गते गरी विभिन्न तीन चरणमा सम्पन्न भएको छ ।
प्रदेश १, २, ३, ४ र ७ गरि जम्मा २८ स्थानीय सरकारका प्रतिनिधि सहभागी भएको सो कार्यक्रममा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुखको सहभागिता रहेको थियो । बालश्रम, बालविवाह, लागुऔषध दुव्र्यसनी र बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै समयमै यसतर्फ सबैले जोड दिँदै स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका लक्षित कार्यक्रम र बालसहभागिता आवश्यक रहेको कुरा कार्यक्रममा छलफलको मुख्य विषय रह्यो ।
उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँ तथा नगरपालिकाका प्रमुखहरुले कार्यक्रम समय सापेक्ष र उचित समयमा आयोजना भएको र बजेट बिनियोजन एवं योजना तर्जुमाको चरणमा रहेको बेला बालबालिका केन्द्रित छलफल हुनुले बालबालिकाको संरक्षण तथा अधिकार सुनिश्चित गर्न स्थानीय तहलाई थप संवेदनशील बन्न झक्झकाएको बताए ।
हाल लकडाउनका कारण बालबालिकामा देखिएका समस्याहरुलाई समाधान गर्न स्थानीय तह लागि परेको र सहभागीहरुले आफ्नो गाउँपालिकामा आगामी योजना तथा बजेट बालबालिका केन्द्रित हुने कुराको प्रतिबद्धता पनि जनाए ।
बन्दाबन्दीका बेला बालबालिकामा हुनसक्ने मानसिक तथा शारिरिक दुर्व्यवहार र त्यसले बालबालिकामा पर्ने असरको बारेमा पनि छलफल गरिएको थियो । साथै सडक बालबालिका, स्याहारकर्ता बिना हुर्किरहेका बालबालिका, बाल गृहमा रहेका बालबालिकाहरुमा बन्दाबन्दीले परेको असर र चुनौतिका बारेमा आफ्नो धारणा राख्दै वर्ल्ड भिजनका बाल संरक्षण व्यवस्थापक दिलिप गिरीले स्थानिय तहबाटै बाल संरक्षण तथा न्यायिक पद्दतिलाई बलियो बनाउँदै लैजानुपर्ने कुरा प्रष्ट पारेका छन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...