×

NMB BANK
NIC ASIA

विदेशबाट फर्कने नेपाली राख्न उपत्यकामा होल्डिङ सेन्टर

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ ।

Muktinath Bank

विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का नागरिकलाई काठमाडौँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर र प्रदेश–१ र २ का नागरिकलाई भक्तपुरमा राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनवटै जिल्लाको सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई नेपालमा आएपछि सम्बन्धित प्रदेशमा नपुगुन्जेल उपत्यकामा नै केही दिन राख्न होल्डिङ सेन्टर निर्माण गरेको हो । सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) बाट विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेशमा आउन सहजीकरण गर्ने सम्बन्धी आदेश जारी गरी आवश्यक तयारी गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

त्यसका लागि उपत्यकाका तीनवटै सीएमसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्केका नेपाली नागरिक अवतरण भएसँगै कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन नदिन उपत्यकामा छुट्टै राख्न तीनवटै जिल्लामा होल्डिङ सेन्टर निर्माण गरिएको जिल्ला समन्वय समिति काठमाडौंँका प्रमुख एवं सीएमसी काठमाडौंँका सल्लाहकार शिवसुन्दरराज वैद्यले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार बाग्मती प्रदेशका नागरिकलाई राख्न पार्टी प्यालेस वसुन्धरा, गण्डकी प्रदेशका लागि स्काई जोन पार्टी प्यालेस धुम्बाराही र प्रदेश–५ का लागि दरबार ब्याङ्केट चप्पल कारखानामा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।
त्यस्तै भारतबाट र उपत्यका बाहिरबाट आएका नागरिकलाई मात्र राख्न राधा स्वामी सत्सङ केन्द्र कीर्तिपुर र राधा स्वामी सत्सङ व्यास नेपाल सामाखुसीमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

'भक्तपुरमा प्रदेश–१ का नागरिकका लागि सल्लाघारीको इम्पेरियल पार्टी प्यालेस र प्रदेश–२ का नागरिकका लागि राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा राख्ने गरी तयारी गरिएको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिए ।

ललितपुर सीएमसीका सदस्य एवं राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाका अनुसार कर्णाली प्रदेशका नागरिकका लागि ग्वार्काे मण्डला पार्टी भेन्यु र सुदूरपश्चिम प्रदेशका नागरिक राख्न सिद्धार्थ कटेज धोबीघाटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ बमोजिम सम्बन्धित व्यक्ति स्वयंले नै भुक्तानी गर्नेगरी क्वारेन्टाइनका रूपमा प्रयोग गर्न होटलको सूची सीएमसीले तयार गरेको छ । उक्त होटलको सूची आफ्नो वेबसाइटमा प्रकाशन गर्ने वैद्यले बताउनुभयो । होल्डिङ सेन्टरमा काउन्टर राखी निःशुल्क सिमकार्ड र वाइफाईको व्यवस्था गरिनेछ ।   गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x