×

NMB BANK
NIC ASIA

दाङमा युएस–३१२ धानको अभाव

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बजारमा अत्यधिक माग हुने धानको बीउको अभाव देखिएको छ । अहिले दाङ जिल्लामा युएस ३१२ हाइब्रिड धानको बीउ कृषकको रोजाइँमा पर्ने गरेको छ । अन्य धानको तुलनामा छिटो पाक्ने, पानी कम हुने जमिनमा पनि उब्जाउ हुने, उत्पादन पनि स्थानीय जातको धानभन्दा झण्डै दोब्बर बढी हुने हुँदा यो धान कृषकको रोजाइँमा परेको हो ।

Muktinath Bank

कृषकको अत्यधिक माग रहेको यो धानको बीउको अभावले कृषकमा चिन्ता देखिएको छ । “धानको ब्याड राख्ने बेला भइसक्यो तुलसीपुर बजारभर युएस–३१२ हाइब्रिड धानको बीउ खोजेकतै पाइएन”, तुलसीपुर–७ घुसेरीका कृषक टोपबहादुर विकले भने । अझै १२÷१५ दिनसम्ममा धानको बीउ बजारमा नआए खेत बाँझै हुने हो कि भन्ने चिन्ता कृषकमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै घोराही–६ लखवारकी कृषक सीता नेपालीेले पनि एक हप्ता पहिले बजारमा आएर सम्पूर्ण एग्रोभेट पसलमा धानको बीउ खोज्दा कतै पाउनुभएन । उहाँले भन्नुभयो, “फेरि आजसम्म आयो कि भनेर आएको हुँ, आज पनि पाइएन ।” अरु धान आफ्नो खेतमा सोचेअनुसारको उत्पादन नहुने भएकाले अझै पनि युएस–३१२ कै बीउलाई नै पर्खने उनले बताए ।


Advertisment
Nabil box
Kumari

तुलसीपुरमा लामो समयदेखि बिटी एग्रोभेट सञ्चालन गर्दै आउनुभएका निर्मल आचार्यले जिल्लामा युएस–३१२ धानको बीउ लकडाउन हुनुअघि ६०० क्विन्टल भित्रिएको बताउँछन् । तर, अझै २० प्रतिशत कृषकलाई अपुग भएको अनुमान उनको छ । घोराहीको सौर्य एग्रोभेटका सञ्चालक हीरालाल थापाले यो धानको बीउ विगतमा ७० देखि ८० क्विन्टल बेच्ने गरेकामा यो वर्ष ४५ क्विन्टल मात्र आएको र सबै बिक्री भएको बताउँछन् ।

Vianet communication
Laxmi Bank

उनले युएस–३१२ को विकल्पमा अन्य प्रजातिका हाइब्रिड धानको बीउ रहेकाले कृषकलाई नआत्तिन थापाले सुझाव दिएका  छन् । युएस–३१२ बीउ धान उत्पादक कम्पनी नेपालका मध्यपश्चिम बिक्री प्रमुख बालकृष्ण लामिछानेका अनुसार कम्पनीमा मौज्दात सकिएकाले धानको बीउ नआएको हो । 'आवश्यकतानुसार गत वर्षको मागलाई आधार मानेर पहिले नै कम्पनीमा माग गर्नुपर्दछ, सोहीअनुसार हामीले दाङका लागि १५० टन मगाएका थियौँ, त्यसले पुगेन”, लामिछानेले भने । अब यो वर्ष युएस–३१२ धान नआउने हुँदा सम्पूर्ण कृषकलाई अन्य विकल्प खोज्न उनले आग्रह गरेका छन् ।
 
मुलुक कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले गर्दा स्वदेश तथा विदेशमा रोजगारी गर्ने अधिकांश जनशक्ति घरमा रहेकाले विगतका वर्षमा बाँझै रहने जमिनमा यो वर्ष खेती हुने सम्भावना भएको हुँदा बीउबिजन बढी बिक्री भएको हुनसक्ने बिक्रेताको अनुमान  छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x