कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सङ्घीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को वजेटमा बाँकेका ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएका छन् । सरकारको नीति तथा कार्यक्रममा समेटिएका बाँकेको सिक्टा सिँचाइ आयोजना, ग्रामीण विद्युतीकरण, औद्योगिक क्षेत्र तथा भन्सारलगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले कृषि र रोजगारीलाई मुख्य प्राथमिकता राखेर बाँकेको सिक्टा सिँचाइ आयोजना, नौवस्ता औद्योगिक क्षेत्र र नेपालगञ्जमा एकीकृत जाँच चौकीलाई नीति तथा कार्यक्रममा समेटेर बजेट विनियोजन हुनु बाँकेवासीकै लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र विनियोजित बजेट कार्यान्वयन हुन सके बाँकेवासीका लागि ठूलो उपलब्धि हुने उल्लेख गर्दै कार्यान्वयनमा कोभिड–१९ ले समस्या आउनसक्ने चिन्ता व्यक्त गरे ।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम नहर सञ्चालनमा ल्याउने गरी सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ । बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुया¥उने उद्देश्यले १४ वर्षअघि निर्माण शुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइनु सकारात्मक भएको सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए ।
यसैगरी अलपत्र अवस्थामा रहेको बाँकेको नेपालगञ्ज एकीकृत जाँचचौकी स्थापना गर्ने र बुटवल– कोहलपुर प्रसारण लाइन विस्तार गर्ने कार्यक्रमले उद्योगी व्यापारी उत्साहित देखिएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आफूहरुले उठाउँदै आएको एकीकृत जाँचचौकी स्थापनालाई सरकारले नीति तथा कार्यक्रममा समेटेकोमा खुशी व्यक्त गरे ।
आर्थिक वर्ष २०७७र७८ मा बाँकेको बैजनाथ गाउँपालिकास्थित प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्र निर्माणले निरन्तरता पाउने भएको छ । नौवस्ता औद्योगिक क्षेत्र प्रदेश नं ५ कै गौरवको आयोजनासमेत हो । गत वर्षको नीति तथा कार्यक्रममा समेत समावेश भएको नौवस्ता औद्योगिक क्षेत्रलाई यो वर्ष पनि सरकारले प्राथमिकता दिएकाले निर्माण कार्यले गति लिने आशा गरिएको छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले नीति तथा कार्यक्रममा नौवस्ता औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउने उल्लेख गरी बजेट विनियोजन भएकोमा आफूहरुमा उत्साह थपिएको बताए ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...