×

NMB BANK
NIC ASIA

गाउँ-गाउँका क्वारेन्टीनमा पुगेर मनोबल बढाउन प्रशिक्षण दिँदै पूर्वराजदूत पौड्याल

जेठ २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएको चीनका लागि नेपाली पूर्व राजदूत एवं पूर्व मुख्यसचिव लीलामणि पौड्याल भारतबाट आएर क्वारेन्टीनमा बसेका नागरिकको मनोबल बढाउन प्रशिक्षण दिँदै हिडेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा पौड्याल २ हप्तादेखि गाउँमा खटिएका छन् । 

Muktinath Bank

रुरुक्षेत्र गाउँपालिकाको कोरोना नियन्त्रण व्यवस्थापन कमिटीका सदस्य एवं स्थानीय समाजसेवी नारायण पौड्यालका अनुसार पूर्वराजदूत पौड्यालले क्वारेन्टीनमा बसेकाहरूलाई आत्मबल बलियो बनाउन प्रशिक्षण दिँदै हिँडेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो ग्वादीमा रहेको क्वारेन्टीनमा रहेकालाई उच्च मनोबल कायम राख्न प्रशिक्षण दिनुभयो, उहाँ गाउँमा सक्रिय हुनुनुन्छ,’ नारायणले लोकान्तरसँग भने, ‘आज थोर्गामा रहेको क्वारेन्टीनमा जाने तयारी गर्नुभएको छ । छत्रकोट गाउँपालिकाको मानकोटमा पनि आइदिनुपर्‍यो भन्ने माग भएको छ ।’ 


Advertisment
Nabil box
Kumari

पौड्यालले क्वारेन्टीनमा रहेकाहरूलाई आत्मबल बलियो बनाउने, योग र हास्ने कला सिकाएका थिए ।

Vianet communication
Laxmi Bank

‘उहाँले गाउँपालिकालाई ठूलो गुन लगाउनु भएको छ, चाइनाको पनि अनुभव भएकाले कसरी सुरक्षित हुन सकिन्छ भनेर क्वारेन्टीनमा बसेकालाई आत्मबल दिइरहनुभएको छ । हामी गाउँपालिकाका तर्फबाट धेरै धन्यवाद दिन्छौं,’ गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थले भनिन् । 

केहीदिन पहिले भारतबाट आएका एकजनाले गुल्मीकै आदर्श मावि दिगाममा रहेको क्वारेन्टीनमा आत्महत्या गरेपछि चिन्तित बनेकालाई सान्त्वना दिन पौडेलले विभिन्न क्वारेन्टीनमा गएर प्रशिक्षण दिइरहेका छन् । पूर्वराजदूत पौड्यालले कोरोना नियन्त्रणमा चीनको अनुभवबारे उनीहरूलाई जानकारी गराएका थिए ।

व्यवस्थापनमा दिनरात नभनी खटिएका छौं : उपाध्यक्ष पन्थ

रुरु गाउँपालिकामा भारतबाट आएका २ सय ५६ जना क्वारेन्टीनमा बसिरहेका छन् । गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थले क्वारेन्टीनमा खाने, बस्ने व्यवस्था र सुरक्षाको राम्रो प्रबन्ध गरिएको लोकान्तरलाई बताइन् ।
उपाध्यक्ष पन्थले भारत लयागत विदेशबाट फर्किने एक हजार जनाका लागि खानाको अनुमान गरिएको बताइन् ।

‘अहिलेसम्म तीनवटा बस र एउटा जिपमा भारतबाट फर्किएकाको उद्धार गरेर क्वारेन्टीनमा राखेका छौं,’ उनले भनिन्, ‘भारतलगायत विदेशबाट फर्किन चाहनेको संख्या संकलन गरिरहेका छौं, सोहीअनुसार क्वारेन्टीनको व्यवस्थापन गर्दैछौं ।’ 

उनीहरूलाई सुनौली, नेपालगञ्ज, कपिलवस्तुको कृष्णनगर नाकाबाट उद्धार गरेर ल्याइएको हो । विदेशबाट फर्किनेलाई अब नेपाली सेनाले नै सम्बन्धित गाउँपालिकासम्म पुर्‍याउने व्यवस्था गर्न लागेकाले गाउँपालिकाले क्वारेन्टाइनको व्यवस्थापनमै ध्यान केन्द्रित गरेको छ । 

पहिलो चरणमा उच्चमावि, मावि हुँदै निमावी र प्राविमा क्वारेन्टीनको व्यवस्थान गरिएको उनले बताइन् ।

उपाध्यक्ष पन्थका अनुसार क्वारेन्टीनमा बस्नेका लागि बिहान बेलुका दाल, भात, तरकारी र अचार तथा दिउँसोमा चिया बिस्कुटलगायत खानको व्यवस्था गरिएको छ । उनीहरूलाई नियमित रूपमा तातोपानी उपलब्ध गराइएको छ । 

राहात वितरण गर्दै गाउँपालिका उपाध्यक्ष पन्थ

‘न्युनतम आवश्यक पूर्वाधारको अभावमा देशका विभिन्न भागमा क्वारेन्टीनबाट भागेका घटना सुनिएका छन्, हामी क्वारेन्टीनको व्यवस्थापनमा एकदमै सचेत छौं,’ उनले भनिन् ।

आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गलाई राहत वितरण गरिएको पनि उनले बताइन् ।

कोभिड– १९ बाट कसरी बच्ने भन्ने विषयमा गाउँमा जनचेतना फैलाउने काम पनि भइरहेको उनले बताइन् ।

क्वारेन्टीन  व्यवस्थापनका लागि राजनीतिक दल, क्लब, समूह र व्यक्तिहरूले पनि सहयोग गरिरहेका छन् । 

पौड्यालका अनुसार बलेटक्सारको ज्ञवा माविमा १७ जना क्वारेन्टीनमा बसेका छन् । श्रीगेश्वर क्याम्पसमा ४१ जना तथा गाउँपालिकाको सभा हलमा १७ जना र काउले बोटेगाउँमा १६ जना क्वारेन्टीनमा बसेका छन् ।

ग्वादीमा २६ जना र खोर्गाको ओखलढुंगामा २२ जना क्वारेन्टीनमा बसिरहेका छन् । क्वारेन्टीनमा बसेकामध्ये ६ जनाको परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि उनीहरू घर फर्केका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x