कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बुटवल उप–महानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै नियमित योगा अभ्यास सिकाएको छ । बुटवलका क्वारेन्टाइनमा हाल १२ जिल्लाका एक सय ५६ जना रहेका छन् । आइसोलेसन सेन्टरमा भने विभिन्न ठाउँका २१ जना रहेका छन् ।
साथै रोगप्रतिरोधी क्षमता बढाउने खालका आयुर्वेद ओखतीसमेत प्रदान गरेको छ । आयुर्वेद ओखतीका लागि बुटवल उप–महानगरसँग प्रदेश सरकारको सहकार्य छ । योगाका जानकार तथा योगा गुरुले क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा नियमित योगा सिकाइरहेका छन् ।
बुटवल–१२, तामनगर, बुटवल–४, कान्ति माविमा रहेका कोरोना विशेष क्वारेन्टाइन र बुटवल–११, योगीकुटीस्थित एन्फा टेक्निकल सेन्टरमा रहेको आइसोलेशन सेन्टरमा योगा सिकाइएको छ । आइसोलेशन सेन्टरमा कोरोना संक्रमण पोजेटिभ देखिएकालाई राखिएको छ । त्यहाँ उनीहरुलाई आयुर्वेद ओखतीसमेत प्रदान गरिएको छ ।
क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा अभ्यान सिकाइएको उप–महानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । क्वारेन्टाइनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र संक्रमण पोजेटिभ देखिएकालाई आयुर्वेद ओखतीमार्फ रोगप्रतिरोधी क्षमता बढाउन यो अभियान जारी राखिएको प्रमुख सुवेदीको भनाइ छ । योगालाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइन्छ ।
योगालाई रोगी व्यक्तिहरुको महत्वपूर्ण चिकित्सा पद्दति पनि मानिन्छ । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । स्वस्थ्य व्यक्तिहरुका लागि जीवन पद्दति र योगीरुका लागि साधना पद्धति मानिन्छ । योगाका याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग जस्ता आठ प्रकारका आसनमध्येको योगाको ध्यान विधि अहिलेको महामारीमा जोसुकैले पनि गर्न जरुरी र आवश्यक देखिएको योगगुरु विष्णुहरि आचार्य (योगीराज) को भनाइ छ ।
क्वारेन्टाइन सुरु भएयता बिहानको समयमा योगाका गुरु र स्वास्थ्यकर्मीसहित प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु सामाजिक दूरी कायम गर्दै योगा अभ्यासमा सरिक भएको उप–महानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । मस्तिष्कको स्वास्थ्यका लागि योगा एक प्राकृतिक औषधी मानिने भएकाले अहिले मनसँग शरीरको जोड कायम राख्ने र त्यसैका आधारमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई बलियो बनाउने काम भइरहेको प्रवक्ता रेग्मीको भनाइ छ ।
आयुर्वेद ओखती प्रदान
बुटवल उप–महानगरपालिकाअन्र्तगत रहेका क्वारेन्टाइन तथा आइसोलेसनहरुमा स्थानीय ओखती युक्त जडिबुटीको यथोचित प्रयोग गर्नसमेत सिकाइएको छ । आइसोलेसन सेन्टरमा रहेका संक्रमितका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लुम्बिनी आयुर्वेद चिकित्सालयको सहकार्यमा आयुर्वेद र वैकल्पिक चिकित्साका सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।
आइसोलेशन सेन्टरमा रहेका २१ जना संक्रमितलाई योगाका अभ्यासका साथै आयुर्वेद ओखती प्रदान गरिएको शर्माले बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा व्यवस्थापन निर्देशिकाअनुसार अश्वगन्धा पाउडर, गुडुची चिया, त्रिकटु चुर्ण तथा चयबन प्रास अबलेह प्रयोग गराउन सुरु गरिएको हो ।
कोरोनालाई जित्न सकिन्छ
आइसोलेसन सेन्टरमा आराम गरिरहेका कोरोना संक्रमित पत्रकार जानु पाण्डे भन्छन्,‘पहिले सुरुमा देखिएको डर र त्रास सबै हट्यो अब कोरोनालाई सामान्य रुपमा लिएको छु ।’ छ दिनदेखि बुटवलको कोरोना आइसोलेसन सेन्टरमा रहेका पत्रकार पाण्डेले अरुले पनि कोरोनालाई सामान्यीकरण गर्न जरुरी रहेको सुझाव दिदै समुदायलाई नै सजग रहेर दिनचर्या चलाउन सुझाव दिन्छन् ।
अब लापरवाही गर्नेकुरा कल्पना पनि गर्नु हुन्न र धेरैसमय सम्म सजग बन्न जरुरी रहेको योगा अभ्यासमा गर्दै कोरोना जित्न मनोबल बढाइरहेकी कपिलवस्तुकी अर्की पत्रकारको भनाइ छ । अब कोरोना भयो भने मरिहालिन्छ भन्ने सोंच परिवर्तन गर्न जरुरी उनी बताउँछिन् ।
सहज र सरल परिस्थितिलाई जटिल बनाउनु भन्दा सबैलाई मृत्युबाट बच्नको लागि अपनाउनु पर्ने दायित्वबोध सचेतना कायमगर्दै कर्म क्षेत्रको निरन्तरताले मात्रै कोरोनाकहरबाट मुक्तिको मार्ग यसबाट बच्ने उपाय रहेको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका बुटवल–१२, का अध्यक्ष तथा नागरिक अगुवा दुर्गा सुवेदीको भनाइ छ ।
बुटवलमा हाल दुईवटा व्यवस्थित क्वारेन्टाइन सञ्चालनमा छन् । त्यहाँ रहनेलाई योगा अभ्यास, आयुर्वेद ओखती प्रदान गर्नुका साथै खाजा,नास्ता र खानाको प्रवन्ध पनि उप–महानगरपालिका आफैँले गरेको छ । बुटवल–१२, तामनगरमा रहेको कोरिया–नेपाल इन्ष्टिच्यूट अफ टेक्नोलोजीको भवनमा व्यवस्थित क्वारेन्टिन सञ्चालन छ । चैत २० देखि नै सुरु भएको यो क्वारेन्टाइनमा एक सय ६० शैया रहेका छन् । यस्तै बुटवलको कान्ति माविको भवनमा अर्को व्यवस्थित क्वारेन्टाइन निर्माण गरिएको छ ।
बुटवलमा हालसम्म झण्डै एक हजार जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको आरडीटी परीक्षण गरिएको छ । आरडीटीमा पोजेटिभ आएकाको पीसीआर परीक्षण गरिएको उप–महानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए । परीक्षणमा नेगेटिभ नतिजा आएका चार सय ३० जना भन्दा धेरैलाई डिस्चाजै गरिएको उहाँको भनाइ छ । आरडीटी पोजेटिभ आएका ३६ जनाको पीसीआर परीक्षण गरि नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए । बुटवलले लकडाउनको अवधिमा पनि स्वास्थ्यकर्मीलाई नियमित खोप सञ्चालनमा खटाएको थियो । त्यसरी खोपमा खटिनेलाई पीपीइसहितका स्वास्थ्य सामग्रीको व्यवस्था मिलाइएको थियो ।
यस्तै दीर्घ रोगी र समस्यामा परेकालाई घरमै गएर औषधी तथा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । उपप्रमुख गुमादेवी आचार्य आफैँ स्वास्थ्यकर्मीलाई लिएर त्यस्ता दीर्घ रोगी र अपाङ्गता भएकाहरुको घरसम्मै पुगेर स्वास्थ्य सामग्री प्रदान गरेकी थिइन् । उप–महानगरले खोप सेवाका अतिरिक्त १९ वटा वडालाई लक्षित गरेर फिवर क्लिनिक सञ्चालन गरेको छ भने क्षयरोगको औषधी वितरण, गर्भवतीको परीक्षण सेवा, परिवार नियोजन सेवा तथा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको उप–महानगरका प्रवक्ता रेग्मीको भनाइ छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...