×

NMB BANK
NIC ASIA

योगी आदित्यनाथको आपत्तिजनक अभिव्यक्ति : नेपालले सीमा निर्धारण गर्दा परिणाम पनि ख्याल गरोस्

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएका छन् । आदित्यनाथले बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमाबारे निर्णय गर्नुपर्ने बताएका छन् । 

Muktinath Bank

२ जेठमा भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले कसैको उक्साहटमा नेपालले लिपुलेक सडकको विरोध गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ताका लागि नेपालको प्रस्तावको जवाफ भारतबाट आएको छैन, तर प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्त निकटस्थ योगीबाट नकारात्मक टिप्पणी आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नुहुँदैन,’ आदित्यनाथले भनेका छन् । नेपालसँग सांस्कृतिक रूपमा सम्बन्ध रहेको गोरक्षपीठका महन्तसमेत रहेका योगी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका उपाध्यक्ष हुन् । महासंघले नेपालमा राजसंस्थासहित हिन्दू अधिराज्यका पक्षमा राजनीतिक लबिङ गर्दै आएको छ । आदित्यनाथले नेपाललाई स्पष्ट शब्दमा भनेका छन्, ‘नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दाअघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा पनि सोच्नुपर्छ । विगतमा तिब्बतमा के भएको थियो, तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालीले सम्झिनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

आदित्यनाथले नेपालको तिब्बतीकरणको भय पोखेका हुन् वा तिब्बत चीनमा मिसिएझैँ भारतले नेपाललाई लिने धम्की दिएका हुन् भन्ने स्पष्ट पारेनन् । भारतले २६ वैशाखमा नेपाली भूमि भएर लिपुलेक जोड्ने सडक उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो । भारतका सेनाध्यक्षले २ जेठमा कसैको उक्साहटमा नेपालले विरोध गरेको आरोप लगाएको पाँच दिनपछि ७ जेठमा नेपालले लिम्पियाधुरासम्म समेटिएको नयाँ नक्सा जारी गरेको थियो । यसबारे नेपाल र भारतमा बहस भइरहेका वेला योगी आदित्यनाथको नकारात्मक टिप्पणी आएको हो । 

Vianet communication
Laxmi Bank

नेपालको पछिल्लो राजनीतिक परिवर्तनका कटु आलोचक आदित्यनाथ नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनाका कट्टर पक्षपाती हुन् । मुख्यमन्त्री आदित्यनाथले २४ पुस २०७४ मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई लखनउस्थित निवासमा भेटेका थिए । उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री रहेका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग वार्ताबाट समस्या समाधान गर्ने बताइरहेका वेला आदित्यनाथले नेपाललाई भड्काउने अभिव्यक्ति दिएका छन् । आदित्यनाथले नेपाल र भारतबीच सदियौँदेखिको सांस्कृतिक सम्बन्ध रहेको र यो सीमाबाट निर्धारित हुन नसक्ने पनि बताएका छन् । यो सम्बन्धलाई आधार मानेर नेपाल सरकारले निर्णय लिनुपर्ने पनि उनको भनाइ थियो ।

नेपाल र भारत दुई देश भए पनि हाम्रो आत्मा एउटै हो । नेपालले तिब्बतको भविष्य के भएको हो भन्ने विचार गर्नुपर्छ । उसले तिब्बतको जस्तो गल्ती गर्नु हुँदैन ।

भाजपामा प्रभावशाली मानिएका र भावी प्रधानमन्त्रीका रूपमा चर्चामा आएका आदित्यनाथको भनाइलाई सरकारले गम्भीर रूपमा लिएको छ । एकजना उच्च सरकारी अधिकारीले नयाँ पत्रिकासँग भने, ‘आदित्यनाथले परिस्थितिलाई भड्काउन खोजेका छन् । उनले नेपाललाई चीनले लिन्छ भनेको हो कि हामी लिन्छौँ भन्न खोजेको हो स्पष्ट छैन, उनले जेसुकै बोले पनि यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो ।’ 

२० वर्षअघि लोकसभामा आदित्यनाथ 
सांस्कृतिक सम्बन्धलाई सीमाबाट निर्धारित हुन नसक्ने बताएका योगीले नेपालप्रति विगतमा कतिसम्म अनुदारवादी दृष्टिकोण राख्थे भन्ने दस्ताबेज भेटिएको छ । भारतले अतिक्रमण गरेको कालापानी भूभागबारे नेपालमा चर्चा भइरहेका वेला ११ साउन ०५७ मा भारतको लोकसभामा आदित्यनाथले तत्कालीन विदेशमन्त्री जसवन्त सिंहलाई प्रश्न गरेका थिए, ‘मन्त्रीजी, स्पष्ट रूपमा भन्नुस्, कालापानी भारतको जमिन हो कि होइन ?’ उनले कालापानीका विषयमा नेपालमा उठेका आवाजलाई त्यसवेला केही उच्छृंखल तत्वहरूले कालापानीका विषयमा विवाद खडा गरेर नेपाल–भारत सम्बन्ध खडा गर्न खोजेको पनि आरोप लगाएका थिए ।

योगीको प्रश्नको जवाफमा विदेशमन्त्री जसवन्त सिंहले नेपालले कसैको पनि एक इन्च जमिन अतिक्रमण नगरेको बताएका थिए । उनले भनेका थिए, ‘नेपालको जमिन अतिक्रमण गर्ने विषय भारतले कहिल्यै सोच्नै सक्दैन । नेपाल भएर धेरै नदी भारतका उत्तरप्रदेश र विहार जान्छन् । कालापानीका विषयमा पनि हामी स्पष्ट छौँ, यसमा विवाद सिर्जना गर्नुको अर्थ छैन ।’

विदेशमन्त्रीको जवाफमा चित्त नबुझेपछि आदित्यनाथले पुनः प्रश्न सोधेका थिए, ‘मन्त्रीजी नेपालले कालापानीमाथि कहिलेदेखि दाबी गरेको हो, यो जान्न चाहन्छु ।’ उनले कालापानी क्षेत्र भारत स्वतन्त्र हुनुभन्दा अघि गढवालको राजस्व संकलन केन्द्र रहेको, रणनीतिक क्षेत्र रहेको भन्दै सोधेका थिए, ‘नेपालको दाबी असत्य ठहर गर्दै यो भूमि भारतको हो भन्ने कुरा प्रमाणित गर्न भारतले के कस्तो कूटनीतिक प्रयास गर्दै छ ?’ 

विदेशमन्त्री सिंहको भनाइ थियो, ‘सदस्यले तथ्य राख्नुभएको छ । कालापानीका विषयमा कुनै विवाद छैन भन्नेमा म पुनः स्पष्ट गर्न चाहन्छु कालापानी नदी हो । यससम्बन्धी दुई दृष्टिकोण छन् । तर, कालापानी कुमाउ वा गढवालका राजाले यहाँ शासन गरे भन्नेबारेमा म जानकार छैन । यो कुमाउको पिथौरागढअन्तर्गत रहेको मलाई थाहा छ । म यस्तो संवेदनशील विषयलाई संसद्को यो हलमा नउठाइदिन आग्रह गर्छु ।’ लोकसभामा सांसद पूर्वजनरल बिसी खण्डुरीले भने नेपाल–भारत संयुक्त सीमा प्राविधिक समितिले यसबारेमा समाधान निकाल्ने बताएका थिए ।

 सीमा विवादले रोकियो औषधि खरिद प्रक्रिया

नेपाली सेनाले भारतको सरकार नियन्त्रित ब्युरो अफ फर्मा पिएसयुज अफ इन्डिया (बिपिपिआई)सँग कोभिड–१९ का लागि औषधि खरिद टुंग्याएको थियो । तर, बिपिपिआईसँग औषधि निर्यात गर्ने लाइसेन्स नभएका कारण सेनाले सम्झौता गर्न सकेन । दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमार्फत औषधि खरिदसम्बन्धी सम्झौता र भुक्तानी गर्ने प्रस्ताव पठाएको थियो । तर, नेपाल र भारतबीच पछिल्लोपटक उत्पन्न नक्सा विवादका कारण भारतले यसमा केही जवाफ नदिएको सेनाले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘भारतसँग औषधि खरिद गर्ने प्रक्रिया सम्झौता नभएका कारण अड्किएको छ । खरिद सम्झौता कोसँग गर्ने भन्ने अझै टुंगिएको छैन । हामी प्रयत्न गरिरहेका छौँ ।’ तर, एक कूटनीतिक अधिकारीले भने नक्सा विवादको असर औषधि खरिदमा देखिएको टिप्पणी गरे ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x