×

NMB BANK
NIC ASIA

हिजो दिनभर : लकडाउनको मोडालिटी पेश गर्न उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्काे निर्देशन, नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउनको मोडालिटी पेश गर्न उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्काे निर्देशन
 

Muktinath Bank

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा कोरोना रोकथामका लागि अढाइ महिनादेखि जारी भएको लकडाउनमाथि छलफल भएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यवसायीहरुले बिहीबार बिहान काठमाडौँ उपत्यकासहित मुख्य सहरमा लकडाउनको उल्लंघन गर्दै पसल सञ्चालन गरेको र लकडाउनको नयाँ ढाचा तय गर्नुपर्ने माग बढिरहेकाे सन्दर्भमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बसेकाे थियाे।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटी चाँडो पेश कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए। सरकारले उक्त समितिलाई यसअघि नै मोडालिटी तय गर्न भनिसकेको थियो। माेडालिटी तय भएकाे खबर यसअघि नै सार्वजनिक भइसकेका छन्।

Vianet communication
Laxmi Bank

प्रम ओलीले बुधबार मात्र लकडाउनको मोडालिटी र आगामी दिशाबारे विज्ञहरुसँग छलफल गरेका थिए।  पछिल्लो पटक थप गरिएको लकडाउन ३२ जेठमा सकिँदैछ। 
 

एकैदिन थपिए कोरोनाका ३ सय ३४ संक्रमित, कुल संख्या २ हजार ६ सय ३४ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ३ सय ३४ जनामा कोभिड– १९ पोजेटिभ देखिएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो अहिलेसम्म एकै दिनमा देखिएको सबैभन्दा बढी संक्रमण हो ।

कोभिड– १९ निको भएर घर फर्किनेको संख्या भने २ सय ९० छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, मृतक पाल्पाका ४५ वर्षीय पुरुष

नेपालमा कोभिड- १९ बाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको २० गते मृत्यु भएको, र मृत्यपछि आएको स्वाब परीक्षणको नतिजामा कोभिड– १९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनी भारतबाट फर्किएपछि स्थानीय क्वारेन्टाइनमा बसेका थिए । 

स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई मिसन अस्पताल पाल्पामा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत रहँदा उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश सभाका ५ जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि सांसदमा त्रास, बैठक स्थगित
२नम्बर प्रदेशको प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले मर्यादापालकमा कोरोना देखिएको पुष्टि गरे ।

‘जेठ १५ गते प्रदेश सभामा कार्यरत रहेका मर्यादापालकको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा ५ जनाको कोरोना पोजेटिभ आएको छ,’ डीएसपी कार्कीले भने, ‘उहाँहरू सबै जना प्रदेश सभामा नै डुयुटी गर्नुहुन्थ्यो ।’

मर्यादापालकमा कोरोना देखिएपछि बिहीवार बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए । ‘बिहीवार १ बजे बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरेका छौं,’ सचिव यादवले भने, ‘अब भोलि शुक्रवार १ बजे बोलाउने बैठकलाई के गर्ने भन्ने निर्णय गर्न सभामुखज्यूले बैठक डाक्नुभएको छ ।’

बुधवार मात्रै प्रदेशसभा बैठक बसेको थियो । संक्रमित मर्यादापालक बुधवारको बैठकमा पनि उपस्थित भएका थिए । ५ जना मर्यादापालकमा कोरोना पाइएपछि सांसद, सचिवालयका कर्मचारी, अन्य मर्यादापालकसहित सुरक्षाकर्मीमा त्रास बढेको छ । 

धनुषाका ९ जना प्रहरीमा कोरोना

यससँगै धनुषा जिल्लामा ९ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । डीएसपी कार्कीका अनुसार यसअघि धनुषा जिल्ला अदालतको १ नम्बर इजलाशका न्यायाधीशको व्यक्तिगत सुरक्षा गार्डका रुपमा खटिएका पीएसओमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।

अदालतका न्यायाधीश घर बिदामा गएका कारण उनलाई त्यहाँबाट झिकाएर गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टीनमा खटाइएको थियो । क्वारेन्टीनमा नै उनी संक्रमित भएको डीएसपी कार्कीले बताए । 

धनुषाको नगराइन नगरपालिकाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टीनमा खटिएका इलाका प्रहरी कार्यालय फुलगामाका २ जना प्रहरीमा कोरोना पोजेटिभ पाइएको थियो । जनकपुरको हनुमाननगर चौकीमा कार्यरत रहेका १ जना प्रहरीमा समेत कोरोना पाइएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x