×

NMB BANK
NIC ASIA

महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध गराउने गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेका नागरिकले रकमको कारोवार गर्दा सङ्क्रमण बढ्ने भएकाले त्यस नहोस् भन्नका लागि उनीहरुलाई आवश्यक सबै व्यवस्था क्वारेन्टिनभित्रै मिलाएको जानकारी दिएको छ ।

Muktinath Bank

कोरोना सङ्क्रमण रोकथामका लागि भारत तथा अन्य जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टिनमा १४ दिन राखेर जाँच गरी होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइन्छ । महिला हरेक महिना महिनावारी हुने भएकाले क्वारेन्टिन अवधिमा पनि हुनसक्छन् भन्दै टीकापुरका क्वारेन्टिनमा महिलाका लागि स्यानिटरी प्याडको व्यवस्था गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टीकापुर नगरपालिकामा रहेका १७ क्वारेन्टिनमा अहिले एक हजार २०७ बसिरहेका छन् । तीमध्ये २२१ महिला छन् । क्वारेन्टिनमा बस्नेलाई आवश्यक सबै व्यवस्था नगरपालिकाले गरिहेको छ । महिला, पुरुषका लागि छुटाछुट्टै क्वारेन्टिन व्यवस्था नभए पनि क्वारेन्टिनमा बस्नेलाई आवश्यक कोलगेट, साबुनदेखि आवश्यक सामग्री नगरपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

“महिलालाई क्वारेन्टिनमा बस्ने, खाने समस्याभन्दा मासिक चक्र अर्थात् महिनावारीका कारणले थप समस्या हुनसक्छ”, टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले भनिन्, 'महिलालाई महिनावारीको समयमा बढी सरसफाइ चाहिन्छ, त्यसैले विद्यालयमा महिलाका लागि सुविधा भएको शौचालय प्रयोग गर्ने व्यवस्था मिलाएका छौँ, उनीहरुलाई आवश्यक स्यानिटरी प्याड उपलब्ध गराइरहेका छौँ ।'

Vianet communication
Laxmi Bank

ज्ञवालीले क्वारेन्टिनमा केही सुत्केरी, गर्भवती तथा बालबालिका समेत रहेकाले उनीहरुलाई आवश्यक आइरन चक्की, नियमित दूध र फलफूलको व्यवस्थासमेत गरिएको जानकारी दिइन् । 'हामी खाना शाकाहारी दिने गरिरहेका छौँ, महिला तथा बालबालिकालाई पोषिलो खानेकुरा आवश्यक हुने भएकाले खानासँगै अण्डा दिने गरेका छौँ', अनमी ज्ञवालीले भनिन्, 'महिलाका समस्यामा हामी गम्भीर छौँ, तर क्वारेन्टिन भरिभराउ भएकाले समस्या हुन थालेको छ ।'

क्वारेन्टिनमा अहिले भारतबाट आउनेको सङ्ख्या धेरै छ । एकै परिवारका धेरै सदस्यसहित सयौँ नागरिक एकै ठाउँमा बस्नुपर्ने बाध्यता छ । महिलालाई प्राथमिकता दिँदै महिनावारीको समयमा आवश्यक स्यानिटरी प्याड सबै क्वारेन्टिनमा उपलब्ध गराइएको स्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक बलबहादुर रावल बताउँछन्, 'हामीले त महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने सोचेका थियौँ, तर भारतबाट आउने धेरै सपरिवार हुनुहुन्छ । उहाँहरुसँगै बस्न चाहने, नगरपालिकालाई पनि व्यवस्थापन गर्न कठिन भएकाले सँगै राख्नुपरेको छ ।'
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x