३ लाख घुस रकमसहित वन समितिका कर्मचारी अख्तियारको फन्दामा

घुस रकमसहित सिन्धुलीको तिनपाटन गाउँपालिकाबाट स्थानीय वन उपभोक्ता समितिका कोषाध्यक्षसहित २ जना पक्राउ परेका छन्  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूको साथबाट ३ लाख ३० हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ । 


Advertisement

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जनल्याण वैज्ञानिक वन व्यवस्थापन सामुदायिक वन वन उपभोक्ता समिबतिका कोषाध्यक्ष मिन बहादुर घोलेसहित २ जना घुस रकमसहित पक्राउ परेका हुन्् । 

३ लाख ३० हजार ५ सय रुपैयाँसहित उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । 


Advertisement

सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर १० मा सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको वडा नम्बर ९ मा लैजान दिने भनी उनीहरूले घुस लिएको आयोगले उल्लेख गरेको छ । 

ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीबाट खटिएको टोलीले सोही गाउँपालिकाको वडा नंम्बर १० स्थित डकाहा चकमके जाने कच्ची सडकबाट  उनीहरूलाई पक्राउ गरेको हो । 

कोषाध्यक्ष घोलेको साथबाट ३ लाख र जनसेवा वैज्ञानिक वन व्यवस्थान सामुदायिक वन उपभोक्ता समिति तिनपाटन गाउँपालिका वडा नम्बर १० का कोषध्यक्ष तिर्थ बहादुर रानाबाट ३० हजार ५ सय रुपैयाँ बरामद भएको छ । 
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्