मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
संसद्मा भारतीय चेलीहरूको दादागिरी बढेको भन्ने नेकपा सांसद गंगा चौधरी सत्गौवाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै मधेसकेन्द्रित दलका सांसदहरूले संसद्मा विरोध जनाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर समाजवादी पार्टी नेपालकी सरिता गिरीले सत्तारुढ सांसदको अभिव्यक्ति घृणाको अभिव्यक्ति भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरिन् ।
सांसद गिरीले घृणाको अभिव्यक्ति कानूनी कारवाहीका लागि आधार हुने भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
उनले यो विषय संसद्को रेकर्डमा कायम रहे विभाजनको दरार उत्पन्न हुने जिकिर गरिन् ।
आफूले भारत र चीनसँग वार्ता गर्न आग्रह गरेपछि मिडियाले भारतसँग नसोधी नक्सा प्रकाशित गरेको भनेर तोडमोड गरेको आरोप उनले लगाइन् ।
राजपाकी अमृता अग्रहरीले सत्तारुढ दलकी सांसदको अभिव्यक्ति अस्वीकार्य भएको भन्दै गंगा चौधरीले माफी माग्नुपर्ने बताइन् ।
उनले यसो भन्दै गर्दा नेकपाका सांसद खगराज अधिकारी र झपट रावल उठेर नियमापत्ति जनाएका थिए ।
त्यसपछि सभामुख अग्नि सापकोटाले अग्रहरीलाई मर्यादित ढंगले बोल्न र नेकपा सांसदलाई बस्न रुलिङ गरे ।
‘संसद् कसैको अपमान गर्ने थलो होइन, कसैको रगत उम्लेमा बाग्मतीमा गएर पौडी खेल्न सुझाव दिन्छु,’ उनले भनिन् ।
राजपा सांसद अग्रहरी बोलेपछि सभामुख सापकोटाले कार्यसूचीअनुसार शिक्षा समितिकी सभापति जयपुरी घर्तीलाई प्रतिवेदन पेश गर्न समय दिए ।
त्यलसगत्तै मधेस केन्द्रित दलका सांसदहरु उठेर विरोध जनाएका थिए । ‘आजलाई बस्नुस्, पछि उपयुक्त समयमा छलफल गरौंला,’ सभामुख सापकोटाले आग्रह गरे ।
यसअघि गत १८ गते बसेको बैठकमा नेकपा सांसद सत्गौवाले नेपालको संसद्मा भारतीय चेलीहरूको दादागिरी बढेको आरोप लगाएकी थिइन् । संसद्मा भारतमा जन्मिएर अंकीकृत नागरिकता प्राप्त गरेका केही सांसद छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...