कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हतारमा निर्णय लिएर दुई देशबीचको सम्बन्ध नबिगार्न चीनले भारतलाई चेतावनी दिएको छ ।
चीनले यो चेतावनी जी७ समूहमा संलग्न हुने सन्दर्भमा दिएको हो । जी७ समूहको अंग बन्दा भारतलाई कुनै फाइदा नहुने किनकि त्यस समूहका देशले चीनलाई काल्पनिक शत्रु मानेर काम गरिरहेको चीनको भनाइ छ ।
जी७ संसारका आर्थिक महाशक्ति मुलुकहरूको समूह हो । त्यसमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई विस्तार गरेर भारत, रुस, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि समावेश गर्न खोजेका छन् ।
ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जी७ मा आउन निमन्त्रणा दिएका थिए र मोदीले त्यसलाई स्वीकार गरेका छन् ।
त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले जी७ को विस्तार गर्ने प्रस्ताव भूराजनीतिक समीकरणलाई लिएर गरिएको र चीनलाई रोक्ने स्पष्ट प्रयास भएको लेख्यो । त्यसै पनि अमेरिकाले भारतलाई इन्डो प्यासिफिक रणनीतिमा समावेश गरेर चीनको प्रभाव क्षीण बनाउने प्रयास गरिरहेको छ ।
ग्लोबल टाइम्सले सम्पादकीयमा लेखेको छ, ‘ट्रम्पको योजनामा भारतले उत्साह देखाउनु आश्चर्यजनक छ । शक्तिको महत्त्वाकांक्षाका कारण भारत लामो समयदेखि संसारका शीर्ष अन्तर्राष्ट्रिय संगठनहरूको सदस्य बन्न लालायित छ । अहिले चीनसँग उसको सीमा विवाद चलिरहँदा ऊ अमेरिकाको जी७ विस्तार योजनामा समर्थन गरेर चीनलाई सन्देश दिन चाहिरहेको छ ।’
सम्पादकीयमा थप लेखिएको छ, ‘भारतका रणनीतिकार र नीतिनिर्माताको सानो समूहले चीनविरोधी सोच राख्छ । चीनको उदय र भारत–चीनबीच शक्तिको विशाल अन्तरले पनि भारतलाई चीनप्रति सशंकित बनाएको छ ।’
तर चीनलाई काल्पनिक शत्रु मान्ने साना समूहसँग हात मिलाउन भारतले हतार गरेमा चीनसँग उसको सम्बन्ध बिग्रने र भारतको हितमा नहुने सम्पादकीयले चेतावनी दिएको छ ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...